पश्चिम नेपालको ऐतिहासिक राज्य पाल्पा, जहा सेन बंशका राजाहरुले राज्य गर्दथे । सोह्र्रौ सताप्दीको मध्यतिर मणिमुकुन्द सेनको दरवारमा राजगुरुका रुपमा प्रबेश गरे रेग्मी कुलमा जन्मेका विद्वान रेग्मी । पाल्पाली दरवारमा राजगुरुका रुपमा काम गर्दै गर्दा रेग्मी पुर्बजहरूले कैयौं पुस्ता पाल्पामा बिताए भने कतिपय कारणले काम, सुख सुबिधाको खोजीमा अन्यत्र बसाई सरे भने केही तेही नै बसिरहे । पाल्पामा मध्यम परिवारका रेग्मी कुलमा गणेश प्रसाद रेग्मी र कमलादेवी रेग्मीका द्वितीय पुत्ररत्नका रुपमा जन्मनु भयो दामोदर रेग्मी । शिक्षामा सुबिधा सम्पन्न पाल्पामा पढाइमा अब्बल दामोदर रेग्मीको बाल्यकाल पिता माताका साथमा यस यल सि सम्मको अध्ययन सेन माध्यमिक विद्यालयबाट पुरा भयो । त्रिभूवन बहुमुखी क्याम्पस पाल्पाबाट आइ. एस. सि., रत्नराज्य क्याम्पस काठमाडौंबाट बि ए र त्रि वि वि बाट जनप्रशासनमा स्नातकोत्तर गर्नु भयो । सरकारी सेवामा रहदा पनि अध्ययनलाई निरन्तरता दिदै उहाले चिनको सिन्ह्वा विश्वविद्यालय बेजिङबाट अन्तर्राष्ट्रिय जन प्रशासनमा स्नातकोत्तर र कौटिल्य अर्थ शास्त्रको शिध्दान्त अनुसार नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता बिषयमा भारतबाट पि. एच. डि.गर्नुभयो ।
नेपाल सरकारको सेवा गर्ने प्रबल चाहनाले शाखा अधिकृत, उपसचिव, सहसचिव हुदै सचिव समेतको जिम्मेवारी निभाउनु भएको छ । बिभिन्न बिभाग तथा मंत्रालयहरूमा कार्यरत रहदा उहाले आफ्नो उच्च मनोवलका साथ उत्कृष्ठ कार्य सम्पादन गर्नु भयो । बहु आयामिक प्रतिभाका धनी डा.रेग्मी नेपाल सरकारको प्रशासन सेवामा रहदा समयको उच्च सदुपयोग गरी अब्बल साबित हुनुभयो ।
संघीयता बिज्ञ, कुशल प्रशासक डा. रेग्मीले दर्जनौ पुस्तक प्रकाशन गरिसक्नु भएको छ । संघीय शासन प्रणाली, सुशासन र विकास, नेपालमा संघीयता र चुनौतिहरु, प्रशासनमा व्यवशायिकता र सदाचारिता, शासन प्रणाली र सार्बजनिक मामलाको व्यवस्थापन आदि पुस्तकहरू र बिभिन्न बिधामा सयौं लेखहरु प्रकाशन भइसकेका छन. । लेखन कलामा निपुर्ण डा. रेग्मीले बिभिन्न बिधाका लेख कथा, कबिता र गीतहरु समेत रचना गर्नु भएको छ । उहांले रचना गरी बिभिन्न गायकहरूबाट स्वरबध्द भएका गितहरू, म्युजिक भिडियोहरू युवा, प्रौढ एबम बृध्दहरूमा पनि उत्तिकै लोकप्रीय छन । उहांका गीतहरूमा राष्ट्र भक्ति, प्रेम, बिछोड, समर्पण, सदाचार, जीवन दर्शन र उपदेशात्मक बिषयबस्तु र प्रसंगहरू समाबेश भएका हुन्छन । उहाका सिर्जनाहरूमा मुर्ति बन्न ढुङ्गाले पनि चोट सहन्छ, खियाउं नङ्ग्रा यहि देशका खातिर सेवा, डाडा पारी घाम डुब्यो तिमि किन आएनौ, जिन्दगीको पाठशालाले धेरै पढायो, सिरेटोले छुदै छुन्न, प्रकृतिलाइ मुटुमा साच्ने की आदि गीतहरु बढी लोकप्रीय छन ।उहांको गीतको वाक्यांश मुर्ति बन्न ढुङ्गाले पनि चोट सहन्छन धेरै धेरै भने जस्तै उहां पनि निरन्तरको परिश्रम र मेहनतले नै सफल बन्न सकिन्छ भन्नेमा विश्वास राख्नुहुन्छ जुन कुरा सवैको लागि उपयोगी हो। डा. दामोदर रेग्मीका गीतहरु हेर्दा गीतकारहरु किरण खरेल, राममान तृषित , दिनेश अधिकारी र रत्नशमशेर थापाको मार्ग रेग्मीले पक्डनु भएको छ यस अर्थमा उहां थप धन्यवादका पात्र समेत बन्नु भएको छ।
समाज सेवामा पनि रुचि राख्ने डा. रेग्मी बिभिन्न संघसंगठनहरूमा आबध्द हुनुहुन्छ । यसै क्रममा कौशिक गोत्रीय रेग्मी बन्धु समाजको केन्द्रिय कार्य संचालन समितिमा रही समाजका बिभिन्न कार्यहरूका साथै रेग्मीहरूका संस्कार, संस्कृति, परम्परा र देश सेवाका क्षेत्रमा रेग्मीहरूबाट भए गरेका असल कार्यहरू रेग्मीहरू माझ पु¥याउन बौध्दिक बहस मासिक कार्यक्रम संयोजकका रुपमा सक्रिय हुनुहुन्छ ।
पाल्पाली रेग्मीहरुको विशिष्ट इतिहास रहेको छ दशरथ जोशीका माहिला छोरा नारद रेग्मी रेगाम गाउं वाट पाल्पा तानसेन गै राजाको दरवार नजीक डेरा लिई बसेछन् । यिनी ज्योतिषका धुरन्धर विव्दान थिए । तानसेन दरवारको प्रांगणमा रहेको सानो मौलोमा प्रातः नित्य पूmलपाती चढाउने गर्दा रहेछन् । उनले मौलोमा चढाएका पूmलपाती धेरै दिन सम्म पनि नओलाईएको देखेर राजाका भारदारहरु चकित भै राजा समक्ष खवर प¥ुयाई राजा समक्ष प्रस्तुत गरेछन् । तत्पश्चात राजा संग शास्त्रास्र्थ र प्रश्नोत्तर हुदा उनको विव्दता बाट प्रभावित भै राजाले केही दिने ईच्छा प्रकट गरेछन् । स्वाभिमानी स्वभावका नारदले आफूले व्यक्तिगत रुपमा केही लिन ईन्कार गरे । राजाले धेरै कर गरेपछि देवीको स्थान निर्माण गर्न जग्गा दिए लिने तर सो ठांउमा आफूले राति लौकाको वीज रोपी विहान सम्म त्यसको अंकूर जहांसम्म पुग्छ त्यहां सम्मको जग्गा पाउनु पर्ने कुरा जाहेर गरेछन् । उनको माग अनुसार राजाले तानसेन दरवार पश्चिम तर्पm रहेको वनदेवी डांडा दिएछन् । राती रोपिएको लौकाको वीजको अंकूरले भोली बिहान पूरै वनदेवी डांडा (धरमपानी,प्रभास,पोखराथोक सम्मको क्षेत्र ) ढाकिएको देखेर राजाले पूरै डांडा लालमोहर सदर गरी विर्ता गरिदिएछन् । नारद रेग्मीले लौकाको वीज रोपेको ठांउमा कूलदेवी (भुवनेश्वरी देवीको मुर्ति ) र त्यसको अगल बगलमा क्षेत्रपाल स्थापना गरी भुवनेश्वरी देवीको होमादि, पूजा, अर्चना पश्चात क्षेत्रपालहरुलाई बलि दिने परम्परा बसालेछन् । यी सवै कुराहरु डा दामोदर रेग्मीले तयार गरेको पाल्पाली रेग्मीको वंशावली र कौशिक गोत्रीय रेग्मी वंशावलीमा पाइन्छ ।
हालै उहाँले गीतकारको कलम इ–बुक प्रकाशन गर्न लाग्नु भएकोमा आफु ज्यादै गौरवान्वित भएको महशुस गरेको छु । उहाँका आफ्ना लेख रचनाहरु पाठक बर्गले सहजै पढन पाउन भनी डिजिटलरुपमा लेख रचनाको संग्रह प्रकाशन गर्ने जमर्को गर्ने कार्यको प्रशंसा नगरी रहन सकिन्न । यस डिजिटल लेख संग्रह जनस्तरमा साहित्य, कला र संगीतका माध्यमबाट सकारात्मक सोच, आध्यात्मिता र नैतिक परिबर्तनको संबाहक हुन सकोस । यस सुखद क्षणमा उहाँको संगीत तथा लेखन कला यात्राको उत्तरोत्तर प्रगतिको कामनाका साथ सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
(निल प्रसाद रेग्मी कौशिक गोत्रीय रेग्मी बन्धु समाज केन्द्रीय कार्य समितिका अध्यक्ष तथा कौशिक गोत्रीय रेग्मी बन्धु समाज २०७७ का संयोजक हुनुहुन्छ। उहांको यो आलेख डा. दामोदर रेग्मीको गीतकारको कलम इबुकबाट साभार गरिएको हो)

