पाल्पा जिल्लाको तानसेनमा जन्मनुभएका डा.दामोदर रेग्मी मेहनती, बिद्वान, बहुप्रतिभाशाली ब्यक्ती हुनुहुन्छ।उहां प्रशासनका विज्ञ,कुशल प्रशाशक,तथा आधुनिक गीतका प्रभावशाली गीतकार हुन।उहाले तान्सेन बाट आई. एस. सी., अर्थशास्त्र र गणितमा बि.ए.त्रि.बि.बि.बाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभयो।नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारीता बिषयमा पी.एच. डी. उपाधी हासिल गर्नुभएको छ।
२०५५ सालमा निजामती शाखा अधिकृत बाट सेवाप्रबेस गर्नुभएका डा.रेग्मी उपसचिव , सह सचिब हुँदै विभिन्न मन्त्रालयको सचिब हुनुभएका रेग्मी कुशल प्रशासकको रुपमा चिनिनुभएको छ।उहा एक बिद्वान ब्यक्ति भएकाले उहाले विभिन्न क्षेत्रका लगभग १६०० वटा पुस्तकहरु प्रकाशित गरिसक्नुभएको छ। डा.दामोदर रेग्मी एक सफल प्रशासक, शालीन ब्यक्तित्व ,अनुसन्धानकर्ता मात्र नभएर प्रभावशाली गीतकार पनि हुनुहुन्छ।
उहांका लोकप्रिय रचनाहरु
(१)आनन्द कार्कीले गाउनुभएको-एक अन्जुली मायाको उपहार छरिदेउ।
(२)आनि छोईङ्गले गाउनुभएको -जिन्दगीको पाठशाला।
(३)मुरलीधरले गाउनुभएको-शिरेटोली छुदैछुन्न ।
(४)प्रताप दास र अनु चौधरीले गाउनु भएको अलिकति हांस्नु तिमी अलिकति म हांसुला
(५) समीक्षा अधिकारिले गाउनु भएको डाँडापारी घाम डुव्यो तिमी किन आएनौ
(६) सुरेश लामा र दीपाको स्वरको यो मनको चाहना अल्झियो तिमीमा
उहाले अति नै राम्रो वालगीतको समेत सिर्जना गर्नु भएको छ।
डा दामोदर रेग्मीले धेरै गितहरु रचना गरि सोको Music Video यू ट्यूबमा हेर्न पाईएको छ।डा. रेग्मीले रचना गर्नुभएका सबै Music video हरु श्रोताहरुले धेरैनै मन पराउनुभएको मैले पाएको छु। मैले पनि खोटांग र नेपालका विभिन्न भागका दृष्यहरुमा उहांका केही गीतहरुको सर्ट भिडियो र रिल वनाइ पोष्ट गर्ने गरेको छु।मेरा यो पोष्ट प्रति उहांले सधै मलाइ उत्साहित र उत्प्रेरित गरिरहनुहुन्छ ।
गीत वा अन्य लेखको वारेमा उहांको यो दृष्टिकोण मलाइ मन परेको छ
श्रष्टाहरु यसै सामाजिक परिवेशका पात्रहरु हुन्। यी परिवेशका घटना वा अनुभूतिहरु श्रष्टाका कच्चा पदार्थहरु हुन् यिनैको मदतले श्रष्टाहरुले गीत, कविता वा कथा सिर्जना गर्ने गर्दछन् ।रचनाहरु सामाजिक परिवेशको प्रतिविम्व मात्र होइन यो सन्देशमूलक वा सूचनामूलक पनि हुनु आवश्यक छ । फरक यत्ति हो घटना वा परिवेशहरु यथार्थमा आधारित हुन्छन् ती यथार्थताहरु जव श्रष्टाका अनुभूति वा कलममा बांधिन पुग्छन तव ती घटना र परिवेशहरु आकर्षक शव्दहरुमा रुपान्तरण मात्र हुदैनन् तिनिहरु कल्पनाको आकर्षक आवरणमा प्रस्तुत हुने गर्दछन् । यस्ता रचनाको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुने गर्दछ । जीवनका भोगाइहरु तीता वा मीठा दुवै हुन सक्दछन् तर सिर्जनाले अन्तत मीठो अनुभूतिको परिकल्पना गराउन सक्नु पर्दछ। यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको वास्तविक वा काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् ।यस कार्यमा गीतकारका शव्दहरु, संगीतकारको संगीत र गायक गायिकाको स्वरमा सजिएपछि श्रोता वीचमा पुग्ने गर्दछ। तत्पश्चात शव्दहरुले मनोरञ्जनको अतिरिक्त समाजमा एउटा सन्देश प्रवाह गर्न सक्दछ ।लेखक समाजको चेतनशील व्यक्ति हो, जसले विचार, भावना र यथार्थलाई शब्दमा बाँधेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्दछ। लेखकको दायित्व भनेको केवल सूचना प्रवाह र मनोरञ्जन प्रदान गर्नु मात्र होइन, समाजमा चेतना, सुधार र परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। लेखकले सत्य, यथार्थ र विवेकपूर्ण विचारहरू प्रस्तुत गर्दै सामाजिक विषयहरुमा समेत आवाज उठाउनुपर्छ। उसले विभिन्न वर्ग, लिंग, जाति वा समुदायको संवेदना र अवस्था आफ्ना लेखनमा समेटी समाजका विविध पक्षलाई प्रतिनिधित्व गर्नुपर्छ। साथै, लेखकले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा योगदान दिनुपर्छ। सकारात्मक सोच, नैतिक मूल्य र समावेशी दृष्टिकोणको प्रवर्द्धन गर्नु लेखकको महत्वपूर्ण दायित्व हो। यसरी हेर्दा, लेखक केवल स्रष्टा मात्र नभई समाजको मार्गदर्शक, सुधारक र चेतनाका वाहक पनि हुन्। लेखकको कलमले समाजको आवाज बोल्नु पर्दछ । अन्त्यमा डा. रेग्मीज्यूको सङ्गीतमय यात्रा अझै फलोसफुलोस ।मेरो उहालाई शुभकामना छ।
(गीतकारको कलमबाट साभार)

