“गीतकारको कलम” डा. रेग्मीको अनुभूति, आदर्श र अभिव्यक्तिको सजीव दस्तावेज -प्रभा शर्मा,  साहित्यकार


डा. दामोदर रेग्मी नेपालको प्रशासनिक क्षेत्रका एक कुशल, दूरदर्शी र नवप्रवर्तनशील व्यक्तित्व हुन्। विशिष्ट श्रेणीका पूर्व सचिवका रूपमा उहाले विभिन्न मन्त्रालयहरुमा कुशल नेतृत्व प्रदान गर्नु भयो। राजस्व तथा भन्सार प्रशासन, सार्वजनिक वित्त व्यवस्थापन, संघीयता कार्यान्वयन र सार्वजनिक खरिद प्रणाली सुधारमा उहाले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको  छ।

सार्वजनिक खरिद क्षेत्रमा उहाले “Procurement Clinic” र MAPS अवधारणाको सुरुआत गरी सार्वजनिक खरिद प्रणालीमा पारदर्शिता, दक्षता र जवाफदेहिता सुनिश्चित गर्नु भयो। यिनै सुधारहरूले नेपालका धेरै स्थानीय तहहरूको क्षमता अभिवृद्धिमा समेत मद्दत पुर्‍याएको छ। प्रशासकीय क्षेत्रमा पेशागत नैतिकता र नवाचारको सशक्त पक्षपोषण गर्ने डा. रेग्मीको योगदान दीर्घकालीन रूपमा स्मरणीय रहनेछ।

डा. दामोदर रेग्मी नेपालको प्रशासन, संघीयता, सार्वजनिक वित्त व्यवस्थापन तथा सुशासन सम्बन्धी विषयहरूमा प्रखर लेखकका रूपमा समेत परिचित हुनुहन्छ । उहाले संघीय शासन प्रणाली, राजस्व प्रशासन, सार्वजनिक खरिद प्रणाली, स्थानीय शासन, सदाचारिता, र प्रशासनिक सुधार जस्ता विविध विषयमा १२ भन्दा बढी पुस्तकहरू प्रकाशित गर्नु भएको छ। उहाका प्रमुख कृतिहरूमा संघीय शासन प्रणाली सुशासन र विकास”, नेपालमा संघीयताका अवसर र चुनौतीहरू”, प्रशासनमा व्यावसायिकता र सदाचारिता”, कौटिल्यको आलोकमा नेपालको भन्सार” लगायतका पुस्तकहरू अत्यन्त चर्चित छन्। नेपालको त्रि वि वि बाट जनप्रशासनमा स्नाकोत्तर र चीनको छिन्ह्वा विश्व विद्यालयबाट अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नाकोत्तर गर्नु भएका उहांले भारतको अन्नमलाइ विश्व विद्यालयबाट मूल्य शिक्षा र आध्यात्मिकतामा एम एस सी उपाधी समेत हासिल गर्नु भएको छ । उहांले कौटिल्यकालीन  अर्थशास्त्र विषय अन्तर्गत  भन्सार प्रशासनको सन्दर्भमा नेपालको भन्सार प्रशासन सुधारको प्रभाकारिता शीर्षकमा विद्यावारिधि समेत गर्नु भएको छ ।

यसका अतिरिक्त, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा उनका २००० भन्दा बढी लेखहरू प्रकाशित भइसकेका छन्। उहाका लेखहरूमा गहिरो अनुसन्धान, यथार्थ विश्लेषण, र समाधानमुखी दृष्टिकोण झल्किन्छ। डा. रेग्मीले सामाजिक सञ्जाललाई पनि ज्ञान आदानप्रदानको सशक्त माध्यम बनाउँदै  आफ्नो Damodar Regmi नामक फेसवुकलाई  Mini e-Library जस्ता पहलमार्फत हजारौं पाठकलाई जानकारीमूलक सामग्रीहरू उपलब्ध गराइरहनु भएको छ। उहांको लेखनले नीतिनिर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र प्रशासनिक पेशाकर्मीहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गर्दै आएको छ। यसरी, डा. रेग्मीको लेखन योगदान नेपालको शासकीय र बौद्धिक क्षेत्रमा अमूल्य सम्पदा सावित भएको छ।

बहु आयामिक व्यक्तित्व डा. रेग्मी एक कुशल गीतकार पनि हुनुहुन्छ । अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला वोल रहेको गीतको गायन नेपाल आइडल बाट चर्चित प्रताप दास र नेपालकी अल्काइ याग्निकको नामवाट समेत परिचित अनु चौधरीको रह्यो भने संगीतकार डि. वि. लामा रहेका छन् । रामहरि खड्का र सृष्टि खड्काको सुन्दर अभिनय र नितिन चन्दको निर्देशनले गीतमा थप रौनक थपेको छ ।उहाले एउटा गीतको शीर्षक जिन्दगीको पाठशालाले धेरै पढायो रहेको छ। यो गीतले सकारात्मक सोच र आशावादिताको सन्देश बोकेको छ ।गीतको शव्द र भावलाई न्याय गर्न ले आनि छोइंग डोल्माबाट स्वरांकन गराएको देखिन्छ यो गीतमा किर्ती न्यौपानेको संगीत रहेको छ भने वरिष्ठ कलाकार मिथिला शर्माको अभिनय र कृष्णदेव रुपाखेतीको निर्देशन रहेको छ ।

स्वरांकन भैसकेका अन्य गीतहरु “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” वोलको गीतमा गायक आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतले साथ पाएको छ । यसको म्यूजिक भिडियोमा दीपेन्द्र खत्री र सोनु ढुंगाना तथा गायक स्वयम् आनन्द कार्कीको अभिनय रहेको छ । यसै गरि सिरेटोले छुदै छुन्न वोलको गीत मुरलीधरले गाउनु भएको छ । “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा गायिका समीक्षा अधिकारीको स्वरमा रहेको छ । उहाको शव्दमा संगीतकार वि. पि. वाग्लेको संगीतमा देशप्रेममा आधारित वालगीत आएको छ ।  डि. वि. लामाको संगीतमा सुरेश लामा र दीपाको यो मनको चाहना बोलको गीत आइसकेको छ जसको म्यूजिक भिडियोमा प्रभात पाल ठकुरी र अप्सना बलामीको सुन्दर अभिनय रहेको छ ।

यसरी उहाको सहकार्य सेलिव्रेटी संगीतकार गायक गायिका र कलाकार हरु संग भएको देखिन्छ । सेलिव्रेटी कलाकारहरुसंग सहकार्य गरेका गीतकार डा दामोदर रेग्मीको वारेमा सेलिव्रेटी कलाकारहरुको अनुभूति पनि सकारात्मक रहेको पाइन्छ ।एक कुशल प्रशासनविद तथा शव्द चयनका दृष्टिले अव्वल रहेका गीतकार डा दामोदर रेग्मीको पहिलो गीत स्वरांकन गर्ने अपूर्व अवसर पाउनु खुशीको कुरा रहेको कुरा वरिष्ठ गायक आनन्द कार्कीले, वताउनु भएको छ,  यसै गरि गायन संगीत र अभिनय क्षेत्रका कुशल प्रतिभा मुरलीधर गीतकार डा दामोदर रेग्मीको गीति संग्रहको मूल शीर्षक सिरेटोले छुदै छुन्नमा आफ्नो संगीत र स्वर रहेको रहन पाउनु र प्रशासकको सफल भूमिका निर्वाह गर्दै गीत संगीतको क्षेत्रलाई समृध्द बनाउने कर्ममा होमिनु भएका रेग्मी संगको सहकार्य एउटा राम्रो अनुभूतिमा रुपान्तरण भएको बताउंनु भएको छ ।कम गीत स्वरांकन भएपनि ती गीतहरुको गुणस्तरको कारणले वढी चर्चा पाउन गीतकार रेग्मी सफल हुनु भएको छ यस्तो सिर्जनशील गीतकारसंग सहकार्य गर्न पाउनु एउटा राम्रो अवसर भएको संगीतकार किर्ति न्यौपानेले बताउंनु भएको छ । गीतकार डा. दामोदर रेग्मीको गीतहरु शव्द चयनका दृष्टिले अति मार्मिक रहेका छन् एकल र युगल गायन दुवै प्रकारका गीतका शव्दहरुमा उहांको अति नै दखल रहेको संगीतकार डि. वि. लामाको भनाइ रहेको छ । डा रेग्मीको शव्द रहेको जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतकी गायिका आनि छोइंग डोल्मा गीतका शव्द र भाव वाट प्रभावित भएर सो गीत गाएको र यो गीत मेरो अर्को गीत फूलको आँखामा फूलै संसार जस्तै पूर्ण रुपमा सकारात्मक सोचमा रहेको वताउंनु भएको छ । उक्त गीतमा अभिनय गरेकी कलाकार मिथिला शर्मा पनि गीतका शव्द अति मर्मस्पर्सी भएको र सकारात्मक रुपमा जीवन जिउन प्रेरणा दिने भएकोले यसमा अभिनय गर्न पाउनु खुशीको कुरा रहेको वताउंनु भएको छ ।  गीतका भिडियो निर्देशक कृष्णदेव रुपाखेती यस्तो गीत एक जुगमा एक पटक आउंछ यसको जन्मदाता गीतकार डा दामोदर रेग्मी, गायिका आनि छोइंग डोल्मा, संगीतकार किर्ति न्यौपाने र कलाकार मिथिला शर्मा संगको सहकार्यवाट इतिहास रच्ने अवसर प्राप्त भएको वताउंनु भएको छ । आनन्द कार्कीको स्वर रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीतका संगीतकार किरण कडेल गीतकार रेग्मी को गीतका शव्दहरु उत्कृष्ट रहेको वताउंनु भएको छ । यसै गीतमा अभिनय गर्नु भएका दीपेन्द्र खत्री र निर्देशक सियोन श्रेष्ठले  एक अञ्जुली मायको उपहार छरिदेउ गीतको भिडियो छायांकन गर्नु पूर्व उक्त गीतका भावलाई न्याय गर्ने गरि गीतका शव्द र भाव बुझ्न धेरै प्रयास गरेको र गीतका शव्द र भाव उत्कृष्ट रहेको वताउंनु भएको छ । गीतकार डा. दामोदर रेग्मीको अलिकति हांस्नु तिमी अलिकति म हांसुला वोलको गीतमा अभिनय गरेका कलाकार रामहरि खड्का गीतकार डा. दामोदर रेग्मीका सवै गीतहरु अति नै राम्रा रहेका छन् त्यसमध्ये अलिकति हांस्नु तिमी अलिकति म हांसुला वोलको गीत सवै दृष्टिले अव्वल छ यसमा मैले अभिनय गर्न पाउनु खुशीको कुरा हो भन्नु भएको छ । यो मनको चाहना गीतका कलाकार प्रभात पाल ठकुरी र अप्सना वलामी तथा निर्देशक उत्तम श्रेष्ठ सिसिर गीतकार डा. दामोदर रेग्मीका शव्द अनुरुपको छायांकन र अभिनयको लागि पोखराको मनमोहक स्थान छनौट गरिएको वताउंनु भएकोछ ( सिंहदरवार ज्यूज डट कम २०८१।७।१) ।

नेपाली गीत–साहित्यले मुलुकको चेतना, संस्कृति, भावना र समयको प्रतिविम्ब झल्काउने माध्यमको रूपमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ। यसै सन्दर्भमा बहुआयामिक प्रतिभाका धनी गीतकार डा. दामोदर रेग्मीद्वारा रचित गीतहरू अब “गीतकारको कलम” नामक कृतिबाट संगृहीत हुँदै प्रकाशित हुन लागेको सन्देश अत्यन्त हर्षको विषय हो। जीवन, समाज, राष्ट्र, माया, दर्शन र आत्मचिन्तनका गहिरा अनुभूतिहरूलाई सरल, सशक्त र सजीव भाषामा प्रस्तुत गर्नु डा. रेग्मीको गीत–लेखनको विशेषता हो।उहाका गीतहरूले श्रोता र पाठकमा राष्ट्रप्रेम, सामाजिक चेतना र मानवीय सम्वेदना जगाउने कार्य गर्दै आएका छन्। विविध क्षेत्रमा समर्पित जीवन यात्राका अनुभवहरूलाई कलात्मक शैलीमा शब्दबद्ध गरी उहाले नेपाली गीत–साहित्यमा गहिरो छाप छोड्दै आनु भएको छ।

“गीतकारको कलम” केवल गीतहरूको संग्रह मात्र होइन, यो डा. रेग्मीको अनुभूति, आदर्श र अभिव्यक्तिको सजीव दस्तावेज हो। यो कृति भावी पुस्ताका लागि सिर्जनात्मक प्रेरणा बन्नेछ भन्ने दृढ विश्वासका साथ हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।डा. रेग्मीको साहित्यिक यात्राको यो नयाँ आयामले सशक्त पाठकीय साथ र स्नेह प्राप्त  गर्न सकोस ।

(गीतकारको कलम बाट साभार)

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको