प्रदेश-२ का जनशक्तिहरु प्रशासन भन्दा प्राविधिक क्षेत्रमा बढि काम गर्दै छन् : राज कुमार चौधरी

नागरिक पाना
२०७७ कार्तिक १४, शुक्रबार १६:४९
rajkumar chaudhari_Nepalvani

 

  • राज कुमार चौधरी

परिचय
वि.पि. मेमोरियल पोलिटेक्निक इन्सिटिट्युट २०७४ मा स्थापना भएको संस्था हो । यसले सुरुको अवस्थामा डिप्लोमा इन सिभिल कार्यक्रम तिन वर्षे कार्यक्रमबाट सुरु गरेको हो । अहिले यस संस्थामा चारवटा कार्यक्रमहरु संचालन भईरहेको छ । मेरो व्यक्तिगत परिचय भन्नु पर्दा मेरो नाम राज कुमार चौधरी हो । सिटिईभिटीमा बिगत २७ वर्ष देखि कार्यरक्त छु र वि.पि. मेमोरियल पोलिटेक्निक इन्सिटिट्युटमा काम गर्दै गरेको २ वर्ष भयो।

प्रदेश २ मा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको अवस्था कस्तो छ?
प्रदेश २ मा हेर्ने हो भने यो टेक्निीकल लाईनमा धेरै राम्रो छ ।अहिले देशभरिको अवस्था हेर्ने हो भने नेपालमा प्रदेश नं. २ का जनशक्तिहरु प्रशासन मात्रामा थोरै रुपमा काम गरेको छ भने प्राबधिक रुपमा हेर्दा यसको २ गुणाबढिजनशक्ति कार्य गदै छन। त्यहि हिसाबले यो प्रदेश नं. २ का जनताहरुले यो प्राबधिक शिक्षा पढ्नु पर्छ , यसमा राम्रो भविष्य छ, र यहि सोचका साथ वि.पि. मेमोरियल पोलिटेक्निक इन्सिटिट्युटमा पनि बिद्यार्थीहरु पढ्न आउने गरेका छन ।

वि.पि. मेमोरियल पोलिटेक्निकमा के कस्ता विषयमा तालिम संचालन भैरहेका छन्?
वि.पि. मेमोरियल पोलिटेक्निक इन्सिटिट्युटले २ किसिमको तालिमहरु संचालन गर्दै आएको छ । एउटा छोटो अवधीको तालिम जुनमा १ महिनादेखि ९ महिनासम्मको आधारभुत तालिमहरु दिदैँ आएको छ । त्यस्तै ३ वर्षै कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । ३ महिने, ९ महिने तालिमहरु सामुदायिक आवश्यकता र मांग अनुसार पलम्बिङ, ईलेक्ट्रिसियन, ब्युटिसियन जस्ता तालिमहरु संचालन हुदैँ आएको छ भने ३ वर्षे कार्यक्रमहरुमा डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ, डिप्लोमा ईन ईलेक्ट्रिकल ईन्जिनियरिङ डिप्लोमा ईन भेटनरी साईन्स र डिप्लोमा ईन प्लान्ट साईन्स सुचारु रहेको छ ।

प्राविधिक तथा भौतिक सुविधा के कस्ता छन्?
अहिलेको अवस्था हेर्दा हाम्रो ४ वटा जुन कार्यक्रमहरु संचालनमा रहेको छ त्यो नेपाल सरकारको प्लानिङ अनुसारनै भईरहेकोले गर्दा हामी संग प्रयोगसाला, उपकरण आदिको व्यवस्था राम्रो छ । तर आगामी दिनहरुमा यदि अन्य कुनै नयाँ तालिम संचालन गनु पर्यो भने त्यतीबेला अझै सुविधा रउपकरणहरु थप्नु पर्ने हुन्छ । हालको लागि सरकारी मातहतको संस्था भएकोले यहाँ सेवा, उपकरण र प्रयोगशाला आदिको व्यवस्था अत्यन्त राम्रो रहेको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमले सहजै काम पाउँछन् त?
प्राविधिक अध्यन गर्ने विद्यार्थिहरुले उनिहरुको ज्ञानको साथै उनिहरुसंग आफ्नै हातमा सिप हुन्छ । र उनिहरुले आफ्नो सिपको प्रयोग गरेर सरकारी, गैरसरकारी तथा आफै स्वरोजगार भएर काम गर्न सहजै पाउन सक्छ ।

पोलिटेक्निकबाट सीप सिकेका युवाहरुको ऋबचचभच न्चयधतज के कस्तो छ?
क्यारियर ग्रोथको कुरा गर्ने हो भने जोसंग माथि पढ्ने अवथा छैन भने उनिहरुले, स्वरोजगार भई या आफ्नै सिपको आधारमा व्यवसाय गरि जिविको पार्जन गर्न सक्छन । तर जोसंग ३ वर्षे कार्यक्रम पढ्सिकेपछि आगामी दिनमा अझै पढ्ने ईच्छा भयो भने, स्नातक र स्नातकोत्तर डिग्री पनि अध्यन गर्न सक्छन ।

जुन संख्यामा नेपाली विदेशबाट फर्किएका छन् उनीहरूलाई त्ख्भ्त्मा जोडेर रोजगार दिन र स्वरोजगार बनाउन सकिन्छ?
अहिले हेर्ने हो भने, नेपाललाई रेमिटेन्सबाट चल्ने देश भनेर चिनिने देश हो भनेर भनिन्छ । झन प्रदेश नं. २ को कुरा गर्दा नेपालभरिमै सबै भन्दा बढि विदेशिएका जनशक्ति यहि प्रदेशलाई भन्न सकिने अवस्था छ । त्यस्ता विदेशिएका युवाहरुलाई त्ख्भ्त् अन्तर्गतको तालिम दिएर स्वदेशमै स्वरोजगार हुने माध्यम बन्न सकिन्छ ।TVET अन्तर्गतको तालिम दिएर युवाहरुमा भएको उनिहरुकै शिपलाई पनि निखार्न सकिन्छ ।

उनीहरूको सीपको परिक्षण गर्ने व्यवस्था छ त ?
विदेशबाट फर्केका युवाहरुका लागि उनिहरुले विदेशमा जानेका सिपहरुलाई प्रमाणिकरण गर्नका लागि बैदेशिक रोजगार बोर्ड र राष्ट्रिय सिप परीक्षण समितीसंग एउटा सम्झौता भएको छ । त्यो सम्झौताको आधारमा उनिहरुले बिदेशमा सिकेको सिपलाई उनिहरुले विदेशमा काम गरेको अनुभव प्रमाण पत्रको आधारमा राष्ट्रिय सिप परीक्षण समितिले उनिहरुको लेभल अनुसारको परीक्षा लिएर प्रमाण पाउन सक्ने व्यवस्था रहेको छ ।

वि.पि. मेमोरियलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रवर्धनमा के गरिरहेको छ?
वि.पि. मेमोरियल पोलिटेक्निक इन्सिटिट्युटले यो क्षेत्रमै सबैभन्दा धेरै गुणस्तरीय शिक्षा, तालिम दिदैँ आएको छ भने। आगामी दिनहरुमा स्वास्थ्य लगायत थप अन्य कार्यक्रमहरु ल्याए अझ बढि क्षेत्रमा शिक्षीत जनशक्ति निर्माण गर्ने अठोट लिएको छ ।
हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा दक्षता परियोजना संग मिलेर सामाजिक मीडिया अभियान ‘‘सीप हुन्छ हातमा रोजगारी साथमा’’ सञ्चालनल गरिरहेको छ। परिषद् तथा यससंग आवद्घ विद्यालय संस्था हरुतथाहाम्रो आफ्नै फेसबुक पृष्ठहरू मार्फत त्ख्भ्त्स्नातकहरू, प्रोफाइल रोजगारदाताहरूको अनुभवहरू, उद्योग आवश्यकताहरू र रोजगारी सम्भावनाहरूको जानकारीको सफलताका कथाहरू, त्ख्भ्त् कोर्सहरू, अवसरहरू र अधिकमा जानकारी प्रदान गर्दै आएका छांै ।

आजकायुवाहरुलाई तपाईको के सन्देश छ ?
आजका युवाहरुलाई म स्वदेश अथवा विदेशमै काम गर्नेहरुलाई प्राबिधिक शिक्षा तालिम लिएर काम गर्न आग्रह गर्छु । आफ्नो मात्र नभई देशको आर्थिक समृद्धि मा जुट्न सिपमुलक काम गर्न आग्रह गर्न चाहन्छु । सम्मान जनक काम गरि आफ्नो र आफ्नो राष्ट्रिलाई अगाडि बढउन आग्रह गर्छु ।