काठमाडौं। पौष २७ गते ।
जनता समाजवादी पार्टी, नेपाल निकट रहेको भातृसंगठन समाजवादी युवा संघ, नेपालको केन्द्रीय विस्तारित बैठक सम्पन्न भयो। केन्द्रीय अध्यक्ष ओम यादव (मनिष)को अध्यक्षतामा बसेको बैठकले बिभिन्न बिषयहरुको नितिगत र सैद्धान्तिक निर्णयहरु गरेको छ।
संगठनको विधान २०७९ लाई संशोधन गरि विधान पारित गरियो, २१ सदस्यीय सचिवालय गठन भयो। यसका साथै आर्थिक निति पनि निर्माण गरियो। जस अनुरुप हामीले स्व-रोजगार तथा लगानी कोषको स्थापन गर्दै सामूहिक लगानी संकलन गर्दै हाम्रा युवाहरुलाई उद्यमी बनाउने लक्ष्यका साथ नेपालमै रोजगारी र ग्रामिण उत्पादन प्रवर्द्धन देखि साना मझौला उद्योग संचालनमा ल्याउने उद्देश्य लिएका छौ संगठनका अध्यक्ष ओम यादव (मनिष) ले जानकारी दिए।
यसका साथै केहि अनुशासन सम्बन्धि निति नियम र फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि संगठनको तर्फबाट पनि उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको जस अनुरुप केन्द्रीय अध्यक्ष ओम यादव (मनिष) बारा क्षेत्र नं १ र केन्द्रीय सचिव राजु यादव नवलपरासी क्षेत्र नं २ का लागि सिफारिस भएको छ।
अन्य संगठनिक निर्णयहरु पनि गरिएको अध्यक्षले जानकारी गराए।

तपाईको प्रतिक्रिया !