महानगरले सिंहदरबारकाे फाेहाेर नउठाएकाेबारे मन्त्रिपरिषदमा छलफल

नागरिक पाना
२०७९ चैत्र २८, मंगलवार १९:१२
fohar_nepalvani

काठमाडाैं : आज बसेकाे मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाएको बारे छलफल भएकाे छ।

बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारकाे फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।

संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए ।