गैडाकोटमा वेस्टर्न एडभान्स कलेजको ईएमआईटी भवन शिलान्यास

नागरिक पाना
२०८१ चैत्र ९, शनिबार ११:४६

नवलपुर-नवलपुरको गैडाकोटमा सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वेस्टर्न एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (EMIT) भवनको शिलान्यास सम्पन्न भएको छ। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा आयोजित कार्यक्रममा उनले सुदूरपश्चिम विश्वविद्यालयको विकास र विस्तारप्रति सन्तोष व्यक्त गर्दै विश्वविद्यालयको प्रगतिको शुभकामना व्यक्त गरे।

उनले सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका क्रममा कानूनी प्रक्रिया निर्माणदेखि कञ्चनपुरमा यसको स्थापना गर्नका लागि आफूले पुर्याएको योगदानको स्मरण गर्दै खुशी व्यक्त गरे।

गृहमन्त्री लेखकले शिलान्यास कार्यक्रमपछि पार्टी कार्यालयमा पुगेर कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका छन्। कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै उनले विश्वविद्यालय र सम्बद्ध कलेजहरूको उत्तरोत्तर प्रगतिको कामना गरे।