जसको सामाजिक सञ्जाल डिजिटल पुस्तकालय बनेको छ


डा. दामोदर रेग्मी एक बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्, जसले नेपाली प्रशासन, नीति निर्माण, सार्वजनिक वित्त व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। पाल्पा तानसेनमा जन्मिएका रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर, चीनको Tsinghua University बाट अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नातकोत्तर, भारतको Annamalai University बाट मूल्य शिक्षा र आध्यात्मिकता (M.Sc.) मा स्नातकोत्तर तथा स्विजरल्याण्डको विश्व व्यापार संगठनबाट व्यापार नीतिमा डिप्लोमा गरेका छन्। उनले  कौटिल्को अर्थशास्त्र र नेपालमा यसको प्रभाव वारेमा PhD गरेका छन्।  संघीय सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद प्रणाली र स्थानीय तहको सशक्तीकरणमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवका रूपमा कार्य गर्दा उनले विभिन्न निकायहरुमा उत्कृष्ट कार्य सम्पादन गरेका थिए। उनले “सचिव संग कार्यालय प्रमुख”, “भूमि बैंक तथा भूमि बजार”, “Procurement Clinic” प्रणाली जस्ता नविन अवधारणाहरू कार्यान्वयनमा ल्याएका थिए। अनुसन्धान र लेखनमा समेत उत्तिकै सक्रिय रहेका रेग्मीका १२ पुस्तक र २००० भन्दा बढी लेख प्रकाशित छन्। सकारात्मक सोच, समयप्रेमी कार्यशैली र राष्ट्रसेवामा समर्पण उनको पहिचान हो। उनले सामाजिक सञ्जालमा आधारित रेग्मी बौध्दिक बहस श्रृंखलाको संयोजन गरिरहेका छन् भने पूर्वीय अर्थ चिन्तनको अवधारणा समेत ल्याएका छन् । उनी विद्यावारिधि गरिरहेकाहरुको शोध विशेषज्ञको भूमिका समेत निर्वाह गरिरहेका छन्।

डा.दामोदर रेग्मी लेखन क्षेत्रमा समेत चीर परिचित नाम हो । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए ।  अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरु  उनका लेखका मुख्य क्षेत्रहरु हुन् । संघीयता र वित्तीय संघीयताका विविध आयाममा उनका दर्जनौ लेखहरु प्रकाशित भएका छन् । दुई हजार भन्दा बढी लेखहरु र दर्जनौ पुस्तकहरुमा एउटा स्थपित लेखकको रुपमा यसको प्रतिविम्व देख्न पाइन्छ।  अहिले उनी गीतकारको पहिचानमा समेत स्थापित भएका छन् ।  उनका लेख नपढ्ने पाठक कमै छन् अझ विश्व विद्यालय र विविध प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनेहरु उनका लेखहरु नछुटाइ पढ्ने गर्दछन् । कुनै पाठकले सीधै प्रकाशित श्रोतमा उनका लेखहरु पढ्ने अवसर नजुटे उनकै फेसबुक पेज दामोदर रेग्मी  र उनका नाममा रहेका सामाजिक सञ्जालहरुमा नियमित पढ्न पाइन्छ। उनको फेसबुक पेज दामोदर रेग्मीलाई उनले मिनी इ लाइव्रेरीको नाम दिएका छन्।  उनका यस्ता केही लेखन सामग्रीहरु उनको युट्यूव च्यानल डा. दामोदर रेग्मी मा हेर्न र सुन्न पनि सकिन्छ ।टिकटकमा उनी डा. दामोदर रेग्मी लिरिसिस्ट नामवाट आउने गर्दछन्। उनका दिनहुं जसो आउने लेखहरुले तुरुन्त सामाजिक सञ्जालमा स्थान पाइहाल्छ । उनका सवै सामाजिक सञ्जालहरु पुस्तकालय सरह छन् जहां धेरै जसो विषयका लेखहरु हेर्न र पढ्न सकिन्छ चाहेका विषयहरु खोज्न पनि सकिन्छ ।  आफ्ना लेखहरु सामाजिक सञ्जालमा राख्दा पाठकहरुले  लेखमा सहज पहुंच प्राप्त गर्ने र सोही माध्यमवाट नियमित रुपमा पृष्ठपोषण पनि प्राप्त हुने कारणले उनी यसवाट रमाइलो अनुभव भैरहेको पनि वताउंछन्। धेरैले सन्दर्भ सामग्रीको रुपमा यी लेखहरुलाई प्रयोग गर्ने गरेको र यस्ता लेखको लागि आफ्नो सामाजिक सञ्जाललाई श्रोत वनाएको उनी वताउंछन् ।  यसैले संभव भए सम्म सो पेजमा अनलाइन र हार्डकपीमा प्रकाशित भएका लेखहरु पनि नियमित रुपमा राख्ने गरेको उनी बताउंछन्। पाठकहरुले लेख रुचाइदिनु भएको छ सुझावहरु दिने गर्नु भएको छ यसमा आनन्द प्राप्त हुने गरेको  उनी बताउंछन्। । उनका लेखहरु छाप्न धेरै अनलाइन पोर्टल र अधिकांश जर्नलहरुवाट माग आउने गरेको उनी बताउंछन् । केही अनलाइन पोर्टलहरुमा लेखहरु साभार वा पुनप्रकाशन समेत हुने गरेको छ ।   अनलाइन र प्रिन्टेड रुपमा छापिएका सवै जसो सामग्रीहरु तत्कालै आफ्ना सामाजिक सञ्जालमा राख्न उनी रुचाउंछन् किनकी यसवाट पाठक र शुभेच्छुकहरु संग नियमित सम्पर्क कायम हुन सक्दछ । सामाजिक सञ्जालमा पाठकहरुले जनाएका सवै प्रतिक्रियाहरुको उनी छुट्टाछुट्टै रेस्पोन्स पनि गर्ने गर्दछन् ।  फेसबुक पेज दामोदर रेग्मी र अन्य सञ्जालहरुमा  जोडिएर आफ्ना लेखमा पहुंच कायम गर्न सकिने उनी बताउंछन् । साथै सर्च इन्जिनवाट पनि लेखहरु खोज्न र पाउन सकिन्छ ।   कहिलेकाहीं लेखहरु आउन केही ढिलो भए पाठकहरुवाट किन ढिलो भयो भन्ने जिज्ञासा पनि आउने गर्दछन् यस कारणले पनि आफू लेखनमा रमाइरहेको र छापिएका लेखहरु सञ्जालमा राख्ने गरेको उनी बताउंछन् । केही नयां शीर्षकहरुमा पाठकवाट अनुरोध आउने गरेको कारणले पनि लेखिएको उनी बताउंछन् । पाठक संगको यो सम्बन्धलाइ सुमधुर र नियमित बनाउन लेखहरुलाई सामाजिक सञ्जालमा राखिएको उनी बताउंदछन् । प्रकाशित लेख आफै सार्वजनिक भैसकेको हुन्छ यसलाई सामाजिक सञ्जालमा राखिदा यसको व्यापकता अझै बढ्न जान्छ लेखको एउटा निश्चित उद्देश्य हुने र पाठक पनि हुने हुनाले सो वर्गमा यसको सहज पहुंच हुनु आवश्यक हुन्छ उनी भन्छन् । यो सम्बन्धले शुरुमा भर्चुअल मित्र वनाएको र पछि ती भर्चुअल मित्रहरु आत्मीय भौतिक मित्रमा रुपान्तरण भएको उनी स्मरण गर्दछन् । कैयन साथीहरुसंग लामो समय देखि भौतिक रुपमा देखभेट हुन नपाए पनि आत्मीय भर्चुअल सम्बन्ध रहेको उनी वताउंछन् । अनलाइनहरुमा प्रकाशित आफ्ना लेखहरु संकलन गरि धेरै पाठकहरुले बाइन्डिंग कपी बनाएको जानकारी पाउंदा  उनी खुशी व्यक्त गर्दछन् । धेरै मित्रहरुले यसको बाइन्डिंगको कपी फोटो खिचेर मेसेन्जर र अन्य माध्यवाट जानकारी गराउने गर्नु भएको उनी वताउंछन्।  मुद्रित प्रकाशनको लागि इमेल मार्फत   लेख  माग्ने तर प्रकाशन भएपछि प्रकाशित कपी उपलब्ध नगराइदिने प्रवृत्ति अलि बढ्दै गएकोमा उनी दुख व्यक्त गर्दछन् लेखकलाई आफ्नो लेख छापिएको हेर्ने अति रहर हुन्छ तर सो देख्न नपाउदा वा अरुको कपीमा हेर्नु पर्दा खिन्न लाग्ने उनी वताउंछन्, जन्मिएको वच्चा शुरुमै आमालाई देख्ने रहर हुन्छ लेखकका लागि आफ्ना प्रकाशित लेखहरु बच्चा सरह हुन्। शुभेच्छुक पाठकहरुको सुझाव बमोजिम सामाजिक सञ्जाललाई नाम मिनी इ लाइव्रेरीको रुप दिएको उनी वताउंदछन् । सामाजिक सञ्जालवाट निर्माण भएको मित्रताको यो पुञ्ज आफ्नो लागि सदासर्वदा उत्प्रेरणाको श्रोत रहेको र यसवाट आनन्द मिलिरहेको डा. रेग्मी वताउंछन् ।

उनको गीतमा आनि छोइंग डोल्मा आनन्द कार्की मुरलीधर प्रताप दास  अन्नु चौधरी सुरेश लामा समीक्षा अधिकारी दीपा लामाको स्वर दिएका छन् । किरण कडेलको  डि. बि. लामा किर्ती न्यौपाने बि पि वाग्लेले संगीत दिएका  छन् । यसै गरि मिथिला शर्मा दिपेन्द्र खत्री, सोनु ढुंगाना आनन्द कार्की प्रभात  पल ठकुरी र अप्सना बलामी रामहरि खड्का सृष्टि खड्काले म्यूजिक भिडियोमा  अभिनय गरेका छन् भने उनको म्यूजिक भिडियोको निर्देशन सियोन श्रेष्ठ नितिन चन्द कृष्णदेव रुपाखेती र उत्तम श्रेष्ठ सिसिरले गरेका छन् ।

डा. दामोदर रेग्मीका सामाजिक सञ्जालहरू अध्ययन, अनुसन्धान, प्रशिक्षण र प्रेरणाको प्रभावशाली माध्यम बनेका छन्। उनका सामाजिक सञ्जालहरूमध्ये Damodar Regmi’ नामक फेसबुक पेज विशेष रूपमा लोकप्रिय छ, जसमा प्रशासन, सार्वजनिक नीति, संघीयता, वित्तीय अनुशासन, सुशासन, नीति विश्लेषण र निर्णय प्रक्रियासम्बन्धी सामग्रीहरू नियमित रूपमा प्रकाशित हुन्छन्। यस्तै, उनको युट्युब च्यानल पनि व्याख्यान, प्रशिक्षण, सेमिनार तथा विद्वत संवादहरूका भिडियो सामग्रीहरूको संग्रहका रूपमा परिचालित छ, जसले विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी र नीति निर्माता सबैका लागि उपयोगी ज्ञान प्रदान गर्छ। उनका सामाजिक सञ्जालहरूलाई ‘डिजिटल पुस्तकालय’ जस्तै उपयोग गर्न सकिन्छ भन्ने धारणा आज सामान्य बनेको छ। सकारात्मक सोच, व्यावसायिक दृष्टिकोण र समयको सदुपयोगका लागि उनले सामाजिक सञ्जाललाई रचनात्मक प्रयोगमा ल्याएका छन्, जसले उनलाई वर्तमान पुस्ताबीच एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

डा. दामोदर रेग्मीसंगको कुराकानीमा आधारित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको