निजामती सेवाको लागि कर्मचारी छनौट गर्दा छड्के प्रवेश (Lateral Entry) को प्रावधान रहने विषय अहिले छलफलको विषय बनेको छ। हुन त वर्तमान निजामती सेवा ऐनमा उपसचिव र सहसचिवको खुला प्रतियोगिताको लागि छुट्याएका पदहरु पनि छड्के प्रवेशको अवधारणा अनुरुप नै आएका थिए। उक्त प्राबधानले निजामती सेवा बाहिर कार्यरत दक्ष र योग्य जनशक्तिलाई निजामती सेवामा आकर्षित गर्ने र भित्र्याउने लक्ष्य लिएको भएपनि एकाध वा केही सीमित व्यक्तिहरु मात्र सो अपेक्षा अनुरुप प्रवेश गरेको तर अधिकांश व्यक्तिहरु निजामती सेवा भित्रवाटै प्रवेश भएको स्थिति रहेको छ।यसलाई थप मूर्तता दिने प्रयास स्वरुप अव आउदै गरेको निजामती सेवाको मस्यौदामा निजामती सेवाको कुनै कार्यकारी र विशेषज्ञ पदमा नेपाल सरकारले कार्यक्षमतामा आधारित वा कार्यमूलक परिक्षण गरी खुला वा छड्के प्रवेशको विशेष व्यवस्था गर्न सक्नेछ भन्ने उल्लेख भए पछि यसको पक्ष र विपक्षमा बहस शुरु भएको छ ।
छड्के प्रवेशको आवश्यकता केवल जनशक्ति भर्ना गर्ने विकल्प मात्र होइन, संगठन सञ्चालनलाई अधिक सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने रणनीतिक उपाय हो। परम्परागत रूपमा खुला प्रतियोगिता र आन्तरिक बढुवामार्फत मात्र कर्मचारी भर्ना गर्दा केही सीमितता देखिने अपेक्षित सिर्जनशीलताको अभाव हुने भएकाले छड्के प्रवेशको अवधारणा विकसित भएको हो। तथापि सामान्यरुपमै छनौट हुदै आएको वर्तमान प्रणालीका पनि धेरै सवल पक्षहरु रहेका छन्।
छड्के प्रवेशको आवश्यकता
१. विशिष्टीकृत ज्ञान र सीप भित्र्याउन
आजको शासन प्रणाली जटिल बन्दै गएको छ जसमा डिजिटल प्रविधि, सार्वजनिक निजी साझेदारी, जलवायु परिवर्तन, वित्तीय नवप्रवर्तन र यी लगायतका क्षेत्रहरुमा गहिरो ज्ञान र विशेषज्ञता चाहिन्छ। परम्परागत संरचनाले सबै क्षेत्रमा विशेषज्ञ उत्पादन गर्न सधैं सक्षम हुँदैन। त्यसैले निजी क्षेत्र, अन्तर्राष्ट्रिय संस्था वा प्राज्ञिक क्षेत्रका विज्ञहरूलाई ल्याउन छड्के प्रवेश आवश्यक हुन्छ।
२. नवप्रवर्तन र सुधारलाई गति दिन
बाहिरबाट आउने व्यक्तिहरूले नयाँ सोच, नयाँ कार्यशैली र अन्तर्राष्ट्रिय अनुभव समेत ल्याउँछन् यसले प्रशासनमा विद्यमान जडता तोडेर सुधार र नवप्रवर्तनलाई गति दिन्छ।
३. कार्यसम्पादन केन्द्रित संस्कृतिको विकास
निजामती सेवा बढी प्रक्रियामुखी हुन्छ । बाह्य क्षेत्रबाट आएका व्यक्तिहरू परिणाम मा आधारित कार्यसम्पादन र प्रक्रियामा केन्द्रित हुन्छन्, जसले समग्र प्रणालीमा सकारात्मक परिवर्तनको दबाब सिर्जना गर्छ।
४. नेतृत्व र व्यवस्थापनमा दक्षता अभिवृद्धि
उच्च तहमा रणनीतिक निर्णय लिन सक्ने, परिवर्तन व्यवस्थापन गर्न सक्ने र जटिल परियोजना सञ्चालन गर्न सक्ने नेतृत्व आवश्यक हुन्छ। यस्ता क्षमताहरू कहिलेकाहीँ बाह्य क्षेत्रबाट ल्याउनुपर्ने हुन्छ।
५. प्रतिस्पर्धा र उत्तरदायित्व बढाउन
छड्के प्रवेशले आन्तरिक कर्मचारीहरूमा पनि प्रतिस्पर्धा र दक्षता बढाउने प्रेरणा दिन्छ। यसले उनीहरुमा पनि कार्यसम्पादन सुधारतर्फ ध्यान जान्छ।
६. तत्काल आवश्यकता पूर्ति गर्न
केही सीमित क्षेत्र (जस्तै: सूचना प्रविधि, ऊर्जा, पूर्वाधार आदि) मा तत्काल विशेषज्ञ आवश्यक हुन्छ। त्यस्तो अवस्थामा लामो समय लाग्ने पारम्परिक भर्ना प्रक्रियाभन्दा छड्के प्रवेश प्रभावकारी हुन्छ।
ध्यान दिनुपर्ने पक्षहरू
- पारदर्शी र प्रतिस्पर्धात्मक छनोट प्रक्रिया हुनुपर्छ
- आन्तरिक कर्मचारीको मनोबलमा असर नपर्ने गरी सन्तुलन मिलाउनुपर्छ
- राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ
- स्पष्ट कार्यसम्पादन मूल्याङ्कन प्रणाली हुनुपर्छ
छड्के प्रवेश प्रणाली अपनाउन सकिने क्षेत्रहरु
छड्के प्रवेश सबै पदमा प्रयोग गर्ने विषय होइन यो मुलत त्यस्ता पद र क्षेत्रका लागि उपयुक्त हुन्छ जहाँ विशेषज्ञता, नवप्रवर्तन र रणनीतिक नेतृत्वको अपरिहार्यता रहन्छ। सामान्य प्रशासनिक कामभन्दा फरक, जटिल र उच्च दक्षता चाहिने क्षेत्रहरूमा यसको प्रभावकारी प्रयोग हुन्छ।निम्न पद वा क्षेत्रहरूमा छड्के प्रवेश विशेष रूपमा उपयुक्त मानिन्छ:
१. उच्च नीति निर्माण र रणनीतिक पदहरू
- नीति विश्लेषक
- आर्थिक सल्लाहकार
- थिंक ट्याङ्क
- यस्ता पदमा गहिरो अध्ययन, अन्तर्राष्ट्रिय अनुभव र विश्लेषणात्मक क्षमता चाहिन्छ।
२. सूचना प्रविधि र डिजिटल शासन
- साइबर सेक्युरिटी विशेषज्ञ
- डाटा एनालिस्ट
- AI विशेषज्ञ
- डिजिटल रूपान्तरण तीव्र भइरहेको अवस्थामा सरकारी संरचनाभित्र यस्ता विशेषज्ञको कमी हुन्छ।
३. पूर्वाधार, ऊर्जा र प्राविधिक क्षेत्र
- इन्जिनियरिङ परियोजना प्रमुख
- ऊर्जा नीति विशेषज्ञ (जलविद्युत, नवीकरणीय ऊर्जा)
- शहरी योजना विशेषज्ञ
- ठूला परियोजनामा प्राविधिक दक्षता र परियोजना व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ।
४. सार्वजनिक वित्त र आर्थिक व्यवस्थापन
- सार्वजनिक वित्त व्यवस्थापन (PFM) विज्ञ
- कर नीति विज्ञ
- Debt Management Specialist
- जटिल वित्तीय उपकरण र अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने नीति बनाउन विशेषज्ञ चाहिन्छ।
५. स्वास्थ्य र शिक्षा क्षेत्र
- जनस्वास्थ्य विज्ञ
- Epidemiologist
- शिक्षा नीति विशेषज्ञ (Curriculum/Quality Expert)
- महामारी, स्वास्थ्य संकट वा शिक्षा सुधारमा उच्च स्तरको प्राविधिक ज्ञान आवश्यक हुन्छ।
६. वातावरण, जलवायु परिवर्तन र विपद् व्यवस्थापन
- जलवायु परिवर्तन विज्ञ
- विपद जोखिम व्यवस्थापन विज्ञ
- विश्वव्यापी चुनौतीसँग जुध्न अन्तर्राष्ट्रिय अनुभव र वैज्ञानिक ज्ञान आवश्यक हुन्छ।
७. परियोजना व्यवस्थापन र कार्यान्वयन
- Mega Project Manager
- सार्वजनिक निजी साझेदारी विज्ञ
- समयमै र लागतभित्र परियोजना सम्पन्न गर्न अनुभवी व्यवस्थापक आवश्यक हुन्छ।
८. नियामक निकाय
- दूरसञ्चार, ऊर्जा, बैंकिङ नियामक निकायका विशेषज्ञ
- बजार नियमन, प्रतिस्पर्धा र उपभोक्ता संरक्षणका लागि प्राविधिक तथा कानुनी ज्ञान चाहिन्छ।
९. अनुसन्धान, नवप्रवर्तन र थिंक ट्याङ्क
- Research Fellow
- Innovation Lab Expert
- नयाँ नीति परीक्षण र प्रयोगका लागि सिर्जनात्मक सोच आवश्यक हुन्छ।
१०. अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति
- व्यापार सहमतिकर्ता
- अन्तर्राष्ट्रिय कानून विज्ञ
- व्यापार सम्झौता, विश्व व्यापार संगठन जस्ता मंचमा उच्च स्तरको विशेषज्ञता आवश्यक हुन्छ।
कार्यकारी भूमिकामा यो प्रणालीको उपयुक्तता
कार्यकारी भूमिकामा छड्के प्रवेश प्रणाली अपनाउन सकिन्छ, तर विशेष अवस्थामा र सावधानीपूर्वक मात्र उपयुक्त हुन्छ। अन्धाधुन्ध प्रयोग गर्दा यसबाट फाइदाभन्दा जोखिम बढ्न सक्ने खतरा रहन्छ।
किन उपयुक्त सक्छ?
१. जटिल क्षेत्रको नेतृत्व आवश्यक हुँदा
डिजिटल रूपान्तरण, ठूला पूर्वाधार, ऊर्जा, वित्तीय सुधार जस्ता क्षेत्रमा उच्चस्तरीय व्यवस्थापकीय र प्राविधिक नेतृत्व चाहिन्छ। यस्ता अवस्थामा बाह्य विशेषज्ञलाई कार्यकारी भूमिकामा ल्याउँदा निर्णय क्षमता र कार्यान्वयन गति बढ्न सक्छ।
२. परिणाममुखी व्यवस्थापन ल्याउन
बाहिरबाट आएका कार्यकारीहरू प्रायः लक्ष्य उन्मुख हुन्छन्। यसले परम्परागत प्रक्रियामुखी संस्कृतिमा सुधार ल्याउन सक्छ।
३. ठूला परियोजना र सुधार कार्यक्रम
Mega projects, PPP, reform programs जस्ता काममा अनुभवी project managers वा sector leaders ल्याउनु प्रभावकारी हुन्छ।
सावधानी किन आवश्यक छ?
१. प्रणालीगत ज्ञानको कमी
निजामती प्रणालीको आफ्नै संस्कृति, नियम र प्रक्रियाहरू हुन्छन्। बाह्य व्यक्तिले यो प्रणाली तुरुन्तै बुझ्न नसक्दा निर्णय र कार्यान्वयनको वीचमा तालमेल नहुन सक्दछ।
२. आन्तरिक मनोबलमा असर
संगठनमा विद्यमान लामो अनुभव हासिल गरेका कर्मचारीहरूको हाकिमको रुपमा नवप्रवेशी व्यक्तिलाई एकै पटक महत्वपूर्ण जिम्मेवारी वा प्रमुख कार्यकारी पद दिँदा उनीहरुमा उत्प्रेरणा घट्ने र यी दुइको वीचमा सुमधुर अन्तरसम्बन्ध नरहन सक्दछ ।
३. उत्तरदायित्व र जवाफदेहिता
निजामती सेवामा उत्तरदायित्वको श्रृंखला स्पष्ट हुन्छ। बाह्य कार्यकारीको उत्तरदायित्व संरचना राम्रोसँग डिजाइन नगरेमा अस्पष्ट हुन सक्दछ ।
४. राजनीतिक हस्तक्षेपको जोखिम
यदि पारदर्शी प्रक्रिया भएन भने छड्के प्रवेश योग्यता merit भन्दा संरक्षण patronage को माध्यम बन्न सक्छ।
उपयुक्तताका क्षेत्रहरु
- विशेष परियोजना वा समयबद्ध कार्यक्रम (fixed-term contract)
- विशेषज्ञता अत्यन्तै आवश्यक भएको क्षेत्र
- स्पष्ट KPIs को पहिचान र कार्यसम्पादन सम्झौता गर्न सकिने अवस्थामा
उपयुक्त नहुने क्षेत्रहरु
- सामान्य प्रशासनिक नेतृत्व (routine प्रशासन)
- जहाँ संस्थागत अनुभव नै मुख्य आवश्यकता हुन्छ
- दीर्घकालीन वृत्ति मार्गमा आधारित पदहरू
- संस्थागत स्मरण आवश्यक पर्ने पदहरु
छड्के प्रवेशको छनौटलाई प्रभाबकारी प्रतिस्पर्धी र पारदर्शी बनाउने उपायहरु
१. पद र योग्यता स्पष्ट परिभाषा
- प्रत्येक पदका लागि स्पष्ट ToR (Terms of Reference), कामको दायरा, अपेक्षित नतिजा (deliverables) र योग्यता/अनुभवको न्यूनतम मापदण्ड तय गर्नु
- Generic होइन, role-specific competency (जस्तै: data analytics, PPP negotiation, cyber security) निर्धारण
२. विज्ञापन आव्हान
- राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा खुला विज्ञापन (website, professional networks, diaspora platforms)
- पर्याप्त आवेदन अवधि
- विज्ञापनमै छनौट चरण, मूल्याङ्कनका आधार र समय सारिणी उल्लेख
३. बहु-चरणीय प्रतिस्पर्धी छनोट
- Screening (shortlisting) – Objective scoring (education, experience, achievements)
- Written/Technical test वा Case analysis – वास्तविक समस्या समाधान क्षमता परीक्षण
- Presentation/Simulation – Policy brief, project pitch, negotiation role-play
- Structured Interview – समान प्रश्न, Rubric-based scoring
४. स्वतन्त्र र मिश्रित छनौट समिति
- लोक सेवा आयोग मानव संसाधन र विषयगत स्वतन्त्र विज्ञ सम्बन्धित मन्त्रालय सम्मिलित छनौट समिति
- छनौट समिति सदस्यहरूको conflict of interest घोषणा अनिवार्य
५. मूल्याङ्कनको स्पष्ट मापदण्ड सार्वजनिक हुनु पर्ने
- परिक्षार्थीहरुको नाम/पहिचान हटाएर मूल्याङ्कन गर्ने
- प्रत्येक चरणको भार स्पष्ट हुनु पर्ने (जस्तो कति% test, कति % interview र कति % experience/achievements)
- अन्तिम नतिजासँगै सवै परिक्षार्थीहरुको प्राप्ताङ्क सार्वजनिक गर्ने परिपाटी
- समयसीमा तोकेर निर्णय गर्ने, नतिजा सार्वजनिक गर्ने
- निस्पक्ष छनौट प्रणाली
६. पारदर्शी सर्टलिस्ट
- सर्टलिस्ट मापदण्ड स्पष्ट हुनु पर्ने
- सर्टलिस्ट भएका वा नभएका दुवैको कारण दिने
८. Reference check र Integrity screening
- पूर्व कार्यसम्पादन Track record, leadership behavior, ethics जाँच गर्ने
- Background verification (fraud, conflict, misconduct) को परीक्षण गर्ने
९. कार्यसम्पादन सूचक सहितको कार्यसम्पादन सम्झौता सँगै नियुक्ति
- नियुक्तिसँगै SMART KPIs (Specific, Measurable, Achievable, Relevant, Time-bound)
- कमजोर प्रदर्शनमा बहिर्गमन प्राबधान स्पष्ट गर्ने
१०. पारिश्रमिक र सुविधाको स्पष्टता
- बजारसँग तुलनात्मक competitive and attarctive compensation
छड्के प्रवेशका असल अभ्यासहरु
१. बेलायत
- खुला प्रतिस्पर्धाबाट निजी र सार्वजनिक दुवै क्षेत्रका व्यक्तिलाई अवसर
- Civil Service Commission द्वारा स्वतन्त्र निगरानी
- Success Profiles Framework (skills, experience, behaviours) मा आधारित मूल्याङ्कन
- Structured interview and assessment centre
२. सिंगापुर
- उच्च क्षमताका व्यक्तिहरूलाई लक्षित गरी lateral hiring
- dual track system (generalist and specialist)
- competitive salary (private sector सँग मिल्दोजुल्दो)
- कडा कार्यसम्पादन मूल्याङ्कन
३. भारत
- खुला विज्ञापन (domain experts लक्षित)
- निजी क्षेत्र, academia, NGOs बाट आवेदन
- fixed-term contract (3–5 वर्ष)
- Cabinet Secretariat मार्फत छनोट
४. अमेरिका
- उच्च तहका नेतृत्व पदमा lateral entry
- Executive Core Qualifications (ECQs) मा आधारित मूल्याङ्कन
- performance-based contract
- mobility (agency बीच स्थानान्तरण)
५. विश्व बैंक / संयुक्त राष्ट्र संघ
- Global talent pool बाट खुला प्रतिस्पर्धा
- Competency-based structured interview
- Diversity & inclusion मा जोड
- Independent panel evaluation
६. अष्ट्रेलिया
- Merit-based open recruitment
- Capability review system
- Independent Public Service Commission
- Transparent documentation of selection
७. क्यानडा
- Open, fair and accessible hiring
- Bilingual, diversity consideration
- Appeal को संयन्त्र
- Digital recruitment system
नेपालका लागि छड्के प्रवेशको प्रारुप
१. नीतिगत तथा कानुनी आधार
- निजामती सेवा ऐन/नियमावलीमा स्पष्ट प्रावधान राख्ने
- छड्के प्रवेशलाई मुख्य होइन पूरक प्रणाली को रूपमा परिभाषित गर्ने
- सीमीत सेवाहरुमा सीमित संख्या मात्र खुला गर्ने
- पद, अवधि, अधिकार र उत्तरदायित्व स्पष्ट गर्ने
२. लक्षित पद तथा क्षेत्र
छड्के प्रवेशलाई सवै क्षेत्रहरुमा होइन, आवश्यक क्षेत्रमा मात्र केन्द्रित गर्ने जस्तो:
- डिजिटल शासन (IT, AI, Data)
- सार्वजनिक वित्त (PFM, Debt, Tax Policy)
- पूर्वाधार/ऊर्जा
- जलवायु परिवर्तन र विपद् व्यवस्थापन
- ठूला परियोजना (Mega Projects, PPP)
- उदीयमान प्रशासनिक र व्यवस्थापकीय क्षेत्र
३. संस्थागत संरचना
- नेपाल सरकारको अनुरोधमा लोक सेवा आयोग बाट छनौट
- विज्ञ र व्यावसायिक स्वतन्त्र छनौट समिति गठन गर्ने
- सम्बन्धित मन्त्रालयले आवश्यकता पहिचान गर्ने, तर छनौटमा हस्तक्षेप नगर्ने
४. छनौट प्रक्रिया
चरण १: खुला विज्ञापन
- राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा खुला विज्ञापन
- स्पष्ट ToR, KPIs, योग्यता
- पारिश्रमिक उल्लेख
चरण २: Shortlisting
- Objective scoring (qualification + experience)
- Anonymized screening
चरण ३: प्रतिस्पर्धात्मक मूल्याङ्कन
- Written test वा case study प्रस्तुति। Written test भन्दा case study प्रस्तुति उपयुक्त
- Policy brief / Presentation
- Structured interview
चरण ४: अन्तिम छनौट
- Composite score (weightage सहित)
- Top candidates को merit list सार्वजनिक
५. Performance Contract System
- नियुक्तिसँगै SMART KPIs
- लक्ष्य हासिल नगरेमा बहिर्गमन प्रावधान
६. पारिश्रमिक र प्रोत्साहन
- क्षमता र दक्षताको आधारमा प्रतिस्पर्धी र आकर्षक पारिश्रमिक र सुविधाहरु
७. आन्तरिक प्रणालीसँग समन्वय
८. शुरु केही मन्त्रालयबाट गर्ने
- शुरुमा केही मन्त्रालय/निकायमा Pilot project को रुपमा शुरु गर्ने
- सिकाइ र असल अनुभवका का आधारमा विस्तार गर्दै जाने
ध्यान दिनु पर्ने अन्य विषयहरु
१. Merit over Patronage
योग्यताले महत्व पाउनु पर्दछ पहुँच वा सम्बन्ध ले महत्व पाउनु हुदैन।यति गरेमा मात्र प्रणालीमा विश्वास बढ्छ योग्य व्यक्ति आउने भएकाले गुणस्तर र दक्षता बढ्छ भ्रष्टाचार र पक्षपात घट्छ ।
२. Transparency over Discretion
छनौट प्रणाली विवेकाधिकारभन्दा पारदर्शिता प्रधान हुनु अत्यावश्यक हुन्छ। यसले निर्णयमा निष्पक्षता सुनिश्चित गर्छ नागरिकको विश्वास र जवाफदेहिता बढाउँछ
३. Performance over Tenure
सेवाअवधिभन्दा कार्यसम्पादन प्रधान छनौट हुनु पर्दछ। तोकिएको अवधिको लागि मात्र छनौट गर्ने र सो अवधि भित्र दिनु पर्ने परिणाम स्पष्ट हुनु आवश्यक हुन्छ ।यसले कर्मचारीलाई नतिजामुखी काम गर्न प्रेरित गर्छ र संस्थालाई उत्पादक तथा प्रभावकारी बनाउँछ।
४. Complementarity over Replacement
छड्के प्रवेशले पुराना लाई हटाएर नयाँ ल्याउने होइन, दुवैलाई मिलाएर एकअर्कालाई पूरक बनाउने उद्देश्य राख्नुपर्छ।यसबाट विद्यमान कर्मचारीको मनोबल कायम भैराख्दछ बाह्य विशेषज्ञ र विद्यमान कर्मचारीको अनुभवको सन्तुलन मिल्छ । संस्थागत स्मृति र नयाँ सोच दुवै साथ समथै अगाडी जाने गर्दछ।
माथिका यी चार सिद्धान्तको आशय योग्य व्यक्ति आउनुपर्छ (Merit) , प्रक्रिया खुला हुनुपर्छ (Transparency), कामको परिणाम मापन हुनुपर्छ (Performance), सबैले मिलेर काम गर्नुपर्छ (Complementarity) भन्ने हो। छड्के प्रवेश प्रणालीको कार्यान्वयन यहि रुपमा हुनु पर्दछ।यदि यी चार आधार बलिया भए भने छड्के प्रवेश मात्र होइन समग्र सार्वजनिक प्रशासन नै विश्वसनीय, सक्षम र परिणाममुखी बन्न सक्छ।
छड्के प्रवेश कार्यान्वयन गर्दा अपनाउनुपर्ने सावधानीहरू
१. स्पष्ट कानुनी र नीतिगत आधार
- छड्के प्रवेशलाई ऐन/नियमावलीमै स्पष्ट व्यवस्था गर्नुपर्छ
- पद, अवधि, अधिकार र जिम्मेवारी स्पष्ट नहुने हो भने अराजकता र द्विविधा उत्पन्न हुन्छ
- तदर्थ निर्णयको आधारमा होइन, दिगो र टिकाउ बनाउनुपर्छ
२. सीमित र लक्षित प्रयोग
- सबै पदमा होइन, विशेषज्ञता आवश्यक क्षेत्रहरूमा मात्र लागू गर्नुपर्छ
- कुल पदको निश्चित प्रतिशत (जस्तै १–२%) भन्दा बढी नगर्ने
- अन्यथा निजामती करियर प्रणाली नै कमजोर हुन सक्छ
३. पारदर्शी र प्रतिस्पर्धी छनोट प्रक्रिया
- खुला विज्ञापन र स्पष्ट मापदण्ड
- बहु-चरणीय मूल्याङ्कन
- scoring system सार्वजनिक गर्नुपर्ने
- न्यून subjective judgment
४. राजनीतिक हस्तक्षेप नियन्त्रण
- छनोट प्रक्रिया स्वतन्त्र निकाय (जस्तै लोक सेवा आयोग) मार्फत सञ्चालन
- मन्त्री/राजनीतिक नेतृत्वको प्रत्यक्ष प्रभाव निषेध
- conflict of interest declaration अनिवार्य
५. आन्तरिक कर्मचारीको मनोबल संरक्षण
- आन्तरिक निजामती कर्मचारीसंग अन्तरघुलनको वातावरण निर्माण
- छड्के प्रवेशलाई पूरक बनाउने
- पदोन्नति प्रणाली कमजोर हुने गरी बाह्य नियुक्ति नगर्ने
६. स्पष्ट कार्यसम्पादन सम्झौता
- नियुक्तिसँगै SMART KPIs तोक्ने
- समयसीमा (fixed tenure) स्पष्ट गर्ने
- कार्यसम्पादन कमजोर भएमा exit clause लागू गर्ने
७. संस्थागत समायोजन र संस्कृतिमा एकीकरण
- बाह्य व्यक्तिलाई तुरुन्तै उच्च पद दिएर system shock नल्याउने
- Orientation, induction र mentoring को व्यवस्था
- Internal–external team integration सुनिश्चित गर्ने
८. उत्तरदायित्व स्पष्ट गर्नु
- कार्यकारी भूमिका भए पनि reporting line स्पष्ट हुनुपर्छ
- को प्रति जवाफदेही हुने भन्ने स्पष्ट व्यवस्था
- निर्णय प्रक्रियाको दस्तावेजीकरण अनिवार्य
९. Elite capture हुन नदिने
- सीमित समूह वा पहुँचवालाले मात्र अवसर पाउने अवस्था रोक्ने
- खुला प्रतिस्पर्धा र सार्वजनिक सूचना अनिवार्य
१२. प्रणालीगत सन्तुलन
- career civil servants र lateral entrants बीच द्वन्द्व होइन सहकार्य
- knowledge sharing mechanism
- भूमिका स्पष्ट विभाजन
छड्के प्रवेश कार्यान्वयनमा लोक सेवा आयोग को भूमिका
१. योग्यता र निष्पक्षताको लागि
लोक सेवा आयोग संवैधानिक रूपमा खुला प्रतिस्पर्धा र योग्यता-आधारित छनोटको संरक्षक हो। छड्के प्रवेशमा राजनीतिक वा व्यक्तिगत प्रभाव पर्ने जोखिम हुन्छ, जसलाई लोक सेवा आयोग को संलग्नताले घटाउँछ।
२. सार्वजनिक विश्वास
नयाँ प्रणालीप्रति सरोकारवालाहरुमा शंका हुन सक्छ। लोक सेवा आयोग को सहभागिताले प्रक्रिया विश्वसनीय र स्वीकार्य बनाउँछ ।
३. मानकीकरण
लोक सेवा आयोग सँग परीक्षा, मूल्याङ्कन, र प्रक्रिया डिजाइनको लामो अनुभव र विज्ञताछ। लोक सेवा आयोगको संलग्नताले यसले multi-stage selection (test, case, interview) लाई व्यवस्थित बनाउँन सकिन्छ।
४. कानुनी सुरक्षा
लोक सेवा आयोग संलग्न हुँदा प्रक्रिया तथा निर्णयहरू कानुनी रूपमा मजबुत हुन्छन्, विवाद/उजुरी आए पनि व्यवस्थापन गर्न सजिलो हुन्छ।
लोक सेवा आयोगलाई सवल बनाउनु पर्ने क्षेत्रहरु
१. विशेषज्ञता-आधारित पदको जटिलता
छड्के प्रवेशका धेरै पदहरू sector-specific (IT, PPP, Climate, Finance) हुन सक्दछन् लोक सेवा आयोगको परम्परागत generalist परीक्षा मोडेलले मात्र यी क्षमताहरू पूरै मापन नगर्न सक्दछ।
२. गति
परम्परागत प्रक्रिया तुलनात्मक रूपमा ढिलो हुन्छ। छड्के प्रवेशमा छिटो प्राप्ति आवश्यक हुन्छ ।
३. बजारसँग प्रतिस्पर्धा
Private/International talent आकर्षित गर्न flexible, tailored assessment चाहिन्छ, यसकारण लोक सेवा आयोग एक्लैको भूमिका अपर्याप्त हुन सक्छ।
छड्के प्रवेश आधुनिक, गतिशील र परिणाममुखी प्रशासन निर्माणका लागि एक वैकल्पिक उपाय हो। तर यसलाई पूरक उपायको रूपमा मात्र प्रयोग गर्नुपर्छ, प्रतिस्थापनको रूपमा होइन। परम्परागत निजामती प्रणालीको सुदृढीकरणसँगै सन्तुलित रूपमा लागू गर्दा मात्र यसको वास्तविक लाभ प्राप्त हुन्छ।विद्यमान संरचना भित्र विशेषज्ञता दुर्लभ रहेको तत्काल दक्ष जनशक्ति आवश्यक भएको नवप्रवर्तन र सुधार अपरिहार्य रहेको र रणनीतिक निर्णयको प्रभाव ठूलो रहेको क्षेत्रहरुमा छड्के प्रवेश प्रणाली अपनाउनु उपयुक्त हुन्छ ।सफल छड्के प्रवेशको प्रभावकारी मन्त्र Right people, through right process, for the right role, with clear accountability हुनु पर्दछ। छड्के प्रवेश सफल बनाउन “कसलाई ल्याउने?” भन्दा बढी कसरी ल्याउने, कसरी मापन गर्ने, र कसरी जवाफदेही बनाउने? भन्ने विषय महत्वपूर्ण हो। यदि यी तीन कुरा मिलाइयो भने, छड्के प्रवेशले सुधार, दक्षता र नवप्रवर्तन तीनैमा ठोस योगदान दिन सक्छ। यदि यी सावधानीहरू अपनाइएन भने यो प्रणालीले सुधार होइन, असन्तुलन, असन्तोष र विवाद निम्त्याउन सक्छ। तर राम्रो गृहकार्य सहितको डिजाइन र व्यवस्थित पारदर्शितासहित लागू गरिएमा यो नवप्रवर्तन, दक्षता र परिणाममुखी शासन को असल माध्यम बन्न सक्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुनुहुन्छ

तपाईको प्रतिक्रिया !