डा. दामोदर रेग्मीका गीतमा उच्चकोटीको शब्द र भावना – कृष्णदेव रुपाखेती, म्यूजिक भिडियो निर्देशक

नागरिक पाना
२०८२ भाद्र ९, सोमबार १३:४६

गीतकारको कलम शीर्षकमा मेरो आफ्नो अनुभव पनि समावेश गर्न अवसर दिनुभएकोमा सर्वप्रथम नेपाल सरकारको लामो अनुभव हासिल गर्नु भएका नेपाल सरकारका पूर्व सचिव, प्रशासनविद अनि वरिष्ठ गीतकार डाक्टर दामोदर रेग्मीज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र आभारी पनि व्यक्त गर्न चाहन्छु। डाक्टर रेग्मी प्रशासनविद् मात्र नभएर नेपाली सांगीतिक आकाशमा सुपरिचित व्यक्तित्व पनि हुनुहुन्छ। उहाँको कलममा उच्चकोटीको भावना लुकेका हुन्छन् र उहाँको शब्द छनोट एउटा उच्चकोटीको हुन्छ। उहाँद्वारा रचना गरिएको धेरै फरक फरक किसिमको गीत संगीत पनि बजारमा छन्। त्यसमध्येमा प्रशासनविद् वरिष्ठ गीतकार डाक्टर दामोदर रेग्मीज्यूको शब्द रचनामा कृति न्यौपानेको संगीतमा लोकप्रिय गायिका आनी छोइङ डोल्मा ले गाउनुभएको जिन्दगीको पाठशाला बोलको गीत निर्देशन गर्ने अवसर मलाई प्राप्त भएको थियो। जसमा वरिष्ठ अभिनेत्री मिथिला शर्मा मुख्य भूमिका रहेको गीतको भिडियो भिडियोमा उहाँको भावनाको सँग डुबेर मैले एउटा भिडियो निर्देशन समेत गर्ने अवसर प्राप्त गरेको थिएँ। ओएसआर डिजिटल मार्फत हेर्न पनि सकिन्छ।

मेरो बुझाइमा प्रशासनविद् वरिष्ठ गीतकार डा. दामोदर रेग्मीज्यू एकदम सरल सबैसँग आत्मीयता सम्बन्ध राख्न सक्ने व्यक्तित्वको रुपमा मैले पाएको छु। भविष्यमा निस्किने अन्य कृति हरू लाई पनि उहाँलाई अग्रिम शुभकामना सहित मेरो आफ्नो बुझाई समावेश गरिदिनुभएकोमा पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु।

(कृष्णदेव रुपाखेती,  म्यूजिक भिडियो निर्देशक  हुनुहन्छ उहाको यो आलेख गीतकारको कलम इबुकबाट साभार गरिएको हो)