काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सतथ्याङ्कअनुसार विश्वका विभिन्न देशका १५ वर्ष वा सोभन्दा माथिका पुरुषहरूमा सुर्तीजन्य पदार्थको प्रयोग दरमा ठूलो भिन्नता देखिएको छ।
सूचीमा समावेश देशहरूमध्ये म्यानमारमा पुरुष सुर्ती प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी म्यान्मारकाे ७०.१% रहेको छ भने नाइजेरियामा सबैभन्दा कम ५.८% देखिएको छ।
उमेरका आधारमा समायोजित गरिएको उक्त तथ्याङ्कमा धुवाँ आउने तथा नआउने दुवै प्रकारका सुर्तीजन्य पदार्थको हालको प्रयोगलाई समेटिएको छ। यसमा दैनिक प्रयोगकर्ताका साथै दैनिक नभई कहिलेकाहीँ मात्र प्रयोग गर्ने व्यक्तिहरूको हिस्सा पनि समावेश छ।
पुरुषहरूमा सुर्तीजन्य पदार्थको प्रयोग दर उच्च रहेका शीर्ष पाँच देशहरू
म्यानमार: ७०.१%
इन्डोनेसिया: ५९.३%
बंगलादेश: ४९.९%
इजिप्ट: ४९.६%
चीन: ४४.२%
दक्षिण एसिया र अन्य प्रमुख राष्ट्रहरूको तथ्याङ्क हेर्दा बंगलादेशमा ४९.९%, श्रीलंकामा ३८.९%, भारतमा ३५.६% र पाकिस्तानमा २९.५% पुरुषहरूले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको देखिन्छ। त्यस्तै, संयुक्त राज्य अमेरिकामा यो दर २०.०% र संयुक्त अधिराज्य (युके) मा १४.६% रहेको छ।
सूचीका आधारमा पुरुषहरूमा सुर्ती प्रयोगको दर सबैभन्दा कम देखिएका देशहरूमा नाइजेरिया (५.८%), इथियोपिया (८.८%), आइसल्याण्ड (९.४%), अष्ट्रेलिया (१३.४%) र क्यानडा (१३.७%) रहेका छन्।

तपाईको प्रतिक्रिया !