कौशिक गोत्रीय रेग्मी बन्धु समाजको नयां पदाधिकारी चयन

नागरिक पाना
२०८३ जेष्ठ १२, मंगलवार ०१:०८

मिति २०८३ जेष्ठ ९ गते काठमाडौँमा संचालित कार्य निर्देशन भेलामा भएको सबै प्रदेशको प्रतिनिधिमुलक उपस्थितिमा २०७७ चैत्र ७ को थानकोट भेलाको भावना समेतलाई मनन गरी देश विदेशमा रहनु भएका रेग्मीहरूलाई एकताबध्द गर्दै एक सशक्त पारिवारिक गैरसरकारी संस्थाकारुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा  कौशिक गोत्रीय रेग्मी बन्धु समाज नामको पारिवारिक संस्था संघसंस्था दर्ता ऐन २०३४ अनुसार दर्ता गरी बृहत रेग्मी एकता कायम गरी अगाडी जाने उद्देश्यले तदर्थ समिति र विधान मस्यौदा समिति सर्बसम्मत रुपमा गठन गरिएको कौशिक गोत्रीय रेग्मी बन्धु समाजले जनाएको छ ।समाजका महासचिव डा. दामोदर रेग्मी व्दारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।  गठित तदर्थ समितिमा   निल प्रसाद रेग्मी  अध्यक्ष, तीन जना उपाध्यक्षहरुमा बरिष्ठ उपाध्यक्ष बिष्णुमणि रेग्मी र अन्य दुई उपाध्यक्षहरुमा डा. दानराज रेग्मी र टिकाराम रेग्मी रहनु भएको छ भने महाचचिवमा डा. दामोदर रेग्मी चयन हुनु भएको छ। यसै गरि  सचिवमा डा. तेजराज जोशी रेग्मी, कोषाध्यक्षमा शेषराज रेग्मी र सदस्यहरुमा सूर्य प्रसाद रेग्मी, बुध्दि प्रसाद रेग्मी ,  डा. सुदर्शन प्रसाद रेग्मी, पुजनराज रेग्मी, लोकनाथ रेग्मी, सुरेन्द्रराज रेग्मी, राजन प्रसाद रेग्मी, गोविन्द प्रसाद रेग्मी, हिरामाया रेग्मी  र   मनोज  रेग्मी  रहनु भएको छ।  समाजको विधान मस्यौदा समितिको संयोजक लेखनाथ रेग्मी र सहसंयोजक रामशरण रेग्मी रहनु भएको छ भने यसका सदस्यहरुमा रामबाबु रेग्मी,  होरेश रेग्मी, दुर्गा प्रसाद रेग्मी , उमा रेग्मी  र शर्मिला रेग्मी रहनु भएको छ ।

समाजले रेग्मी वंशको उत्थान र हकहितका विषयका अतिरिक्त विभिन्न कार्यहरु गर्दै आएको छ। समाजव्दारा संचालित बौध्दिक बहस श्रृंखला जेष्ठ रेग्मी सम्मान  बझांग जिल्ला थलारा  गाउपालिकाको रेगम गाउंमा प्रस्तावित भवन निर्माण कार्यक्रम र रेगम खप्तड कृषि पर्यटन आयोजना प्रमुख रहेका छन्। समाजले कौशिक नामक वार्षिक जर्नल पनि प्रकाशित गर्दै आएको छ।