एकैपटक मधेशका सबै जिल्लामा समाजवादी युवा संघ, नेपाल को बैठक आह्वान


मधेश, समाजवादी युवा संघ, नेपाल मधेश प्रदेशका सबै जिल्लामा साउन ३ गत्ते शनिबारका दिन  बैठक आह्वान गरेका छन । समाजवादी युवा संघ, नेपालले आफ्नो जिल्ला अधिवेशनको तयारीका साथै,आगामि रणनीतिको खाका तयार गर्ने गरि मधेश प्रदेशका जिल्लाहरुमा समाजवादी युवा संघ, नेपाल को तयारी तिब्र गतिमा चलिरहेको छ। यसै बैठक बाट मधेसी प्रदेशमा रहेको सुख्खा खंडेरी, मलखाद, कृषि औजारको अभाव सधैं खेप्दै आएको हुदाँ, यसको व्यवस्थापन र पहलकदमी सम्बन्धमा समेत निर्णय गर्ने तयारी समेत गरेका छन्।  सरकारले लिएको भूमि विधेयक संशोधन नगरि पास गर्ने तयारी गरेको खण्डमा सरकार विरुद्ध समेत शसक्त प्रतिकार गर्ने गरि  योजना निर्माण गर्ने तयारी समेत गरिरहेको कुरा समाजवादी युवा संघ नेपालका बारा/पर्सा/सिराहा र धनुषा जिल्ला अध्यक्ष दिपेन्द्र गाैरभ, इजराहुल, डा. लाेकेश यादव र मदन शाहले बताउनुभयो। उहाँहरुले सबै जिल्लाका समाजवादी युवा संघ, नेपालका नेता कार्यकर्ता सबैलाई आआफ्नो जिल्ला बैठकमा सहभागी हुनका निम्ति समेत आग्रह गर्नु भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको