नेपाली साहित्यमा डा. दामोदर रेग्मीका गीतहरु एकदमै सफल र सार्थक छन् – केदार पनेरु, साहित्यकार


डा. दामोदर रेग्मीको परिचय खोज्ने जिम्मा आयो मलाई  । मैले उहाँलाई चिन्ने अवसर नै राम्ररी पाईसकेकै छैन भने उहाँको वैशिष्ट्यता कोट्याउनु मेरो लागि सामान्य कुरै भएन । निजामती सेवाको उपल्लो दर्जा उहाँ आफ्नै योग्यता, क्षमता र विज्ञताले उक्लनु भएको मेरो ठम्याई छ । जहाँ जहाँ उहाँ पुग्नु भयो त्यहाँ उहाँले एक कदम  सुधारको पाइला चाल्नु भएको मैले देखेको छु । नेपालमा भंसार प्रशासन  र राजश्व परिचालन , राजश्व तालिम , स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको समायोजन,  भूमिप्रशासनको सेवा प्रवाहमा सुधारका योजना उहाँले गर्नु भएको महत्वपूर्ण योगदान हो ।

नेपालमा वित्त , संघीयता , संविधान , सार्वजनिक सेवा , सेवा प्रवाह , राजश्व प्रशासन तथा वित्तीय संघीयताको विषयमा यहाँले थुप्रै अनुसन्धानात्मक तथा विश्लेषणात्मक आलेखहरु तयार पारिसक्नु भएको छ । उहाँका थुप्रै पुस्तकहरु प्रकाशित छन्। लोक सेवा तयार गर्ने सन्दर्भ होस् वा अन्य अनुसन्धानकर्ताहरुको लागि उहाँका लेख रचना तथा प्रकाशित कृतिहरु उपयोगी रहेका छन् । यस अर्थमा नेतृत्व विकास, व्यक्तित्व विकास र जीवन मार्गदर्शन गर्ने जो कोहीको लागिपनि उहाँ अग्रज सर्जक हुनुहुन्छ ।

अवकाश पश्चातका पछिल्ला दिनहरुमा उहाँले आफ्नो कलमलाई थोरै कला , साहित्य र गीत रचनामा कुदाउनु भएको अनुभूति हुन्छ । उहाँले यस धराका मानिसका जीवनका अनुभव र भोगाई, प्रकृति र प्रेम  अनि आफ्नै भावनालाई सजीव ढंगले  उतार्नु भएको छ । ‘जिन्दगीको पाठशालाले धेरै पढायो ‘ गीत उहाँको सृजनाहरु मध्ये उच्च श्रेणीमा परेको अनुभूति गरेको छु मैले ।

साहित्य समाजको ऐना हो । यसले समाजमा रहेका गुमनाम भाव , विचार, दृष्टिकोण , मानिसका कथा व्यथा अनि प्रकृतिलाई सहज तवरले लेखक तथा कलाकारले पस्किने गर्दछन् ।  नेपाली साहित्यमा डा दामोदर रेग्मीका गीतहरु एकदमै सफल र सार्थक छन् उहाँको आगामी रचनाहरु सशक्त र सफल रहनेछन् भन्ने विश्वास लिएको छु । यस ई वुकमा उहाँको लेख रचना तथा अनुसन्धानात्मक आलेखहरुलाई थुप्रै स्रोता तथा पाठकहरुले अध्ययन गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । शुभकामना ।

(केदार पनेरु  साहित्यकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको गीतकारको कलमबाट साभार  गरिएको हो)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको