भावानुभूतिको सघनताले श्रोताहरूको मस्तिष्कलाई तरङ्गित पार्न सक्ने क्षमता गीतकार रेग्मीको विशेषता- सुधिर थापा, साहित्यकार


दामोदर रेग्मी लेखन र नेपाली गीति क्षेत्रमा  सुपरिचित नाम हो । उहाँ बहुमुखी प्रतिभाका धनी व्यक्तिका रुपमा देखा पर्दै आइहनु भएको छ । उहाको लेखकीय जीवनसङ्ग  म धेरै अगाडि देखि नै  चिर परिचित रहँदै आएको छु । अति सरल, उस्तै मृदुभाषी, मिलनसार सहयोगी र विभिन्न खोज अनुसन्धनात्मक लेखहरू प्रकाशन गर्ने तथा  नेपाली साहित्यको विशेषगरी गीति क्षेत्रको उत्थान र विकास प्रति समर्पित रहँदै आउनु भएको व्यक्तित्वको नाम हो डा. दामोदर रेग्मी ।

नेपालका प्रख्यात चर्चित गायकहरूको सुमधुर  स्वरमा स्वर भरिएका उहाँका  थुप्रै गीति एलबमहरू पनि सार्वजनिक भइसकेका छन्  ।  विषयवस्तुको प्रधानता र अनुभूतिको तरलता, भावानुभूतिको सघनताले गर्दा श्रोताहरूको मस्तिष्कलाई तरङ्गित पार्न सक्ने क्षमता नै गीतकार रेग्मीज्यूको विशेषता रहेको छ ।

हाल निकट भविष्यमै उहाँको गीत सङ्गीतको क्षेत्रमा उहाँको प्रतिभाका बारेमा अन्य बौद्धिक वर्गबरूबाट भएका टिप्पणी , विश्लेषण , समीक्षा र अन्य सान्दर्भिक सामाग्रीहरू समावेश गरि “गीतकारको कलम” नामक  सङ्गालो  ई बुक प्रकाशन हुन लागेको कुरा सुन्न पाउँदा अत्यन्तै हर्ष लागेको छ । विभिन्न विधामा कलम चलाउने आदरणीय व्यक्तित्व डा. रेग्मीज्यूको  यस कृति “गीतकारको कलम” पनि नेपाली गीति क्षेत्रको श्रीवृद्धिमा कोसेढुङ्गा सावित हुनेछ । उहाँको लेखकीय तथा साहित्यिक जीवनले अझै शिखर चुमोस उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । हार्दिक बधाई तथा शुभकामना !!

(सुधिर थापा साहित्यकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको ई बुक “गीतकारको कलम” बाट साभार गरिएको हो)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको