डा. दामोदर रेग्मी कलम, मष्तिष्क, हृदयलाई एकैसाथ कापीमा कुशलतापूर्वक उतार्ने गीतकार
रामहरि खड्का मोडल, अभिनेता
डा. दामोदर रेग्मी कलम, मष्तिष्क, हृदयलाई एकैसाथ कापीमा कुशलतापूर्वक उतार्ने गीतकार हुनुहुन्छ उहांको यो प्रमुख विशेषता हो I am retired but not tired भन्ने भनाईको ज्वलन्त उदाहरण हुनुहुन्छ । उहॉको सिर्जना तथा लोकप्रिय गीत “ अलिकति हास्नु तिमी अलिकति म हांसुला “ मा अभिनय गर्ने सौभाग्य दिलाईदिनुहुने अर्का चर्चित गीतकार गोविन्द कुईकेलज्यु प्रति समेत अनुग्रहित छु । प्रशासनविद गीतकार डा. रेग्मी ज्युको शालीनता, सरल स्वभाव, अविचलित मनसायबाट म सारै नै प्रभावित भएको छु । आफ्नो कलालाई गीत मार्फत बेजोड रुपमा प्रस्तुत गर्ने क्षमतावान व्यक्तित्वसंगको सहकार्य आफैंमा उपलब्धिमुलक छ नै । आफु पनि नयॉ नयॉ यो क्षेत्रमा प्रवेश गर्दाको घडीमा उहॉले म प्रति दर्शाउनु भएको विश्वास र प्रेरणा मेरा लागी अविस्मरणीय रहनेछन् र उहॉको उर्जावान दिनहरु यसैगरी नेपाली गीतसंगीत मार्फत फैलिरहुन। शुभकामना दिंदै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
दर्शक/श्रोताहरुको मन/मुटुमा अटल भएर बस्न सफल गीतकार डा. दामोदर रेग्मी
प्रेम कटवाल, अध्यक्ष, विश्व नेपाली साहित्य महासंघ कुवैत
प्रशासन र ब्यवस्थापन सम्बन्धी आधि दर्जनभन्दा बढि आफ्ना कृतिहरु र “सिरेटोले छुँदै छुन्न” नामक गीति संग्रह मार्फत दर्जनौं गीतहरु पस्किएर सामाजिक र सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएर करोडौं दर्शक/श्रोताहरुको मन/मुटुमा अटल भएर बस्न सफल, नेपाल सरकारको बिशिष्ट श्रेणी सचिव पदबाट सेवानिवृत्त आदरणीय डा. दामोदर रेग्मी सरको यो नयाँ कृति “गीतकारको कलम” ले करोडौं दर्शक/श्रोताहरुको मन जित्न सकोस्! हार्दिक बधाई साथै मेरो शुभकामना!
जीवन–उत्साहमा केन्द्रित गीतहरु
खगराज बराल,साहित्यकार
नेपाल सरकारमा उच्च सार्वजनिक पदको समेत अनुभव प्राप्त डा. दामोदर रेग्मी लेखन र अनुसन्धानमा संलग्न एक बौद्धिक प्रशासक मात्र नभएर प्रशासन सुधार, सार्वजनिक वित्त, सङ्घीयता र सुशासनसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित गरेका व्यक्ति हुन्। डा. रेग्मी केवल एक प्रशासनविद् मात्र होइनन्, साहित्य–सिर्जनामा पनि सक्रिय छन् । साहित्यमा उनको लेखन धेरैजसो सकारात्मक, देश प्रेम, प्रेम र जीवन–उत्साहमा केन्द्रित गीतहरुमा रहेको छ ।

