मैले चिनेको कुशल गीतकार डा.दामोदर रेग्मी – डी. बी. लामा, संगीतकार


डा.दामोदर रेग्मी बहुआयामिक ब्यक्तित्व हुनुहुन्छ, उहाँसँगको मेरो धेरै लामो समयदेखिको चिनजान र संगत होइन तर म संगीत क्षेत्रमा कृयाशील रहेको हुँदा उहाँसँग जोडिन पुगे। आदरणीय गीतकार गोबिन्द कुँइकेलज्युको माध्यमबाट डा.दामोदर रेग्मीज्यूसँग जोडिने मौका मिलेको हो समाजको विविध पाटोको बिषयमा उहाँको कलम चल्ने गर्दछ । यद्यपि उहाँ असाध्यै राम्रो कुशल गीतकार पनि हुनुहुन्छ, गीतकार भएकै कारणले उहाँसँग जोडिने सौभाग्य पाएँ, छोटो समयमा नै हामीले केही गीतहरुमा सहकार्य गर्‍यौं ।  डा. दामोदर रेग्मीज्युद्वारा रचित तीनवटा गीतहरुमा संगीत भरेकोछु , गीत लेखनमा जस्तोसुकै भावमा पनि उहाँको राम्रो दख्खल पाउँछु , मायाँप्रीतीको मीठो शब्दहरु त्यस्तै राम्रो संगाल्नुहुन्छ , पीर बेदनाका  त्यस्तै कारुणिक  शब्द रचना गर्नुहुन्छ , साथै लोकलयमा आधारित टिपीकल शब्द संकलन पनि उत्तिकै सुन्दर, त्यस हिसाबले उहाँको शब्दहरुमा संगीत सृजना गर्ने अवसर पाउनु म आफुलाई भाग्यमानी ठान्छु ।

उहाँद्वारा रचना गरिएको अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला, सकारात्मक भाव सहितको रोमान्टिक प्रेमिल भावको गीत हो , डाँडापारी घाम डुब्यो तिमी किन आएनौ, असाध्यै वेदनायुक्त गीत हो भने अर्को गीत यो मनको चाहना अल्झियो कसरी तिमीसँगै , एकदमै युबा उमेरको चन्चलता भावनालाई समेटिएको गीत हो , त्यसैले उहाँ एकदमै सृजनशील हुनुहुन्छ ,लेखन मात्र नभएर उहाँको एकदमै भद्र स्वभाव शालीन ब्यक्तित्वले प्रभावित भएकोछु , समाजको हरेक क्षेत्रमा उहाँको कलम यसैगरी चलिरहोस, नयाँ नयाँ सृजनाहरु सँधै पढ्न र सुन्न पाइरहुँ हृदयदेखि नै एकदमै धेरै शुभकामना दिन चाहन्छु साथै सु स्वास्थ्यको कामना गर्न चाहन्छु ।

(डी. बी. लामा लोकप्रिय संगीतकार हुनुहुन्छ उहांको यो आलेख गीतकार डा.दामोदर रेग्मीको गीतकारको कलमबाट साभार गरिएको हो )

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको