त्रिवि स्ववियु निर्वाचन चैत ५ मा हुने


त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गतेका लागि तोकेको छ। यसअघि फागुन १५ गतेका लागि तोकिएको निर्वाचन मिति परिमार्जन गरी चैत ५ मा सारिएको हो।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार चैत ५ मा निर्वाचन गर्ने निर्णय गरिएको छ। दुई वर्षअघि पनि यही मितिमा स्ववियु चुनाव सम्पन्न भएकाले सोही परम्परा अनुरूप यस पटक पनि सोही दिन निर्वाचन तोकिएको उनले जानकारी गराए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको