३० अगस्ट २०२५, बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको टियानजिन सहरमा राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटवार्तामा नेपालको भूमि लिपुलेकसम्बन्धी स्पष्ट र कडा आपत्ति जनाएका छन्।
भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले भारत र चीनबीच लिपुलेक नाका हुँदै व्यापार गर्ने सहमतिप्रति गम्भीर आपत्ति जनाउँदै सो भू–भाग नेपालकै रहेको दाबी गर्नुभयो। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुर्याउने कुनै पनि सहमति नेपाल सरकारलाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो।
नेपाल–चीन सम्बन्ध पाँच सूत्रीय शान्तिपूर्ण सहअस्तित्वका आधारमा रहँदै आएको र विगतमा समस्या रहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा आपसी हित र सम्मानको आधारमा सहयोग बढाउन आग्रह गर्नुभयो।
यस भेटवार्तामा प्रधानमन्त्री ओलीले विकास सहयोग, बिआरआई परियोजना, जनस्तरीय सम्बन्ध विस्तार लगायतका विषयमा पनि चीनको निरन्तर समर्थनको अपेक्षा व्यक्त गर्नुभयो।
चीनका राष्ट्रपति सी चिनफिङले पनि नेपालको समृद्धिमा चीनको निरन्तर सहयोग रहने आश्वासन दिँदै नेपाल सरकारको भूमिगत अखण्डताप्रतिको धारणा सुन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
— साभार: नेपाली राजदूतावास, बेइजिङ

तपाईको प्रतिक्रिया !