काठमाडौं माघ ८। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको भातृसंगठन लोकतान्त्रिक मुस्लिम संघको केन्द्रीय संयोजक पदमा डा. कमरुल्लाह अंसारीलाई जिम्मेवारी दिइएको छ।
डा.अंसारी पार्टीका एक कर्मठ, निष्ठावान् र जनताका सेवामा निरन्तर सक्रिय नेता हुन्। बारा जिल्लाको ऐतिहासिक ठाउँ सिम्रौन गढ नगर पालिका- ३ नयकाटोलामा जन्मिएका अंसारी लामो समयदेखि रामसपा,राजपा,जसपा हुदै लोसपा नेपालको हाल केन्द्रिय सदस्य छन्। नेपाली राजनीतिमा क्रियाशील रहँदै आफ्नो योगदान पुर्याउँदै आएका छन्।
लोकतान्त्रिक मुस्लिम संघको संयोजकको जिम्मेवारी ग्रहण गरेपछि डा.अंसारीले संगठनलाई अझ बलियो र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन्। उहाँले निस्वार्थ भावना र समर्पणका साथ जनताको सेवा गर्दै पार्टीप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
संगठन सुदृढीकरण र जनताको माझ सहज पहुँच बनाउन उहाँको भूमिका प्रभावकारी मानिन्छ। पार्टी नेतृत्वले अंसारीलाई यस भूमिकामा नियुक्त गरेर संगठनलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। समाजमा संघर्षशील व्यक्तित्वका रूपमा स्थापित डा. कमरुल्लाह अन्सारीलाई जिम्मेवारी मिल्नुलाई पार्टीको लागि ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
डा. कमरुल्लाह अंसारी पार्टी अध्यक्ष लगायत सम्पूर्ण नेताहरु लाई धन्यवाद व्यक्त गर्दै मलाई गरिमामय पद तथा जिम्मेवारी दिएर झन प्रेरणा दिनुभएकोमा मेरो कार्यकाल पार्टीको बिधि बिधान अन्तर्गत रहि पुर्ण पाल्ना गर्ने छु र अझ पार्टीको देश भरी संघट्नात्मक बलियो र सुदृढ बनाउन निस्वार्थ रूपमा तत्पर त्यार र अडिग रहने छु भने आशा र विश्वास व्यक्त गरेको छ।