नेकपा एमाले परित्याग गरी विक्रम चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश

नागरिक पाना
२०८१ माघ ९, बुधबार ०६:३६

 

९-माघ, काठमाडौं। मधेस प्रदेश, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका नेता विक्रम चौधरीले नेकपा एमाले परित्याग गरी आज विधिवतरूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा प्रवेश गरेका छन्।

पार्टी अध्यक्ष महन्थ ठाकुरसँग सदस्यता ग्रहण गर्दै चौधरीलाई लोसपामा स्वागत गरियो। उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पार्टीका वरिष्ठ नेता शरत सिंह भण्डारीले चौधरीलाई खादा ओढाई सम्मान गर्दै पार्टीमा स्वागत गरे।

समारोहमा लोसपाका उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा. सुरेन्द्र कुमार झा, पूर्व विद्यार्थी केन्द्रीय अध्यक्ष तथा वर्तमान महासचिव मनिष मिश्र, मठियानी नगरपालिकाका नगरप्रमुख हरि मण्डल, लोकतान्त्रिक ट्रेड युनियन संघका केन्द्रीय संयोजक केशव राज अधिकारीलगायतको उपस्थिति थियो।