काठमाडौं माघ १७- लोसपा नेपालका केन्द्रीय अध्यक्ष माननीय महन्थ ठाकुरको हातबाट सदस्यता लिँदै डा. बिरबंश बैठा लोसपा नेपालमा प्रवेश गर्नुभएको छ। २०७९ सालको सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा उम्मेदवार रहनुभएका डा. बैठाले शुक्रबार लोसपामा औपचारिक प्रवेश गर्नुभएको हो।
उक्त कार्यक्रममा लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष माननीय जितेन्द्र सोनल, उपाध्यक्ष डा. आभास लाभ, महासचिवहरू डा. सुरेन्द्र झा, रामप्रवेश बैठा, मनिष मिश्र तथा सप्तरी जिल्ला अध्यक्ष सुनील झाको पनि उपस्थिति रहेको थियो।
डा. बैठाको लोसपा नेपालमा प्रवेशलाई पार्टीको संगठन विस्तारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। उपस्थित नेताहरूले उनको प्रवेशले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !