
महेन्द्रनगर, कञ्चनपुर – गरिमा विकास बैंक, महेन्द्रनगर शाखाको आयोजना तथा महेन्द्रनगर नमुना मावि, महेन्द्रनगर कञ्चनपुरमा ग्लोबल मनी वीक 2025 अन्तर्गत “वित्तीय साक्षरता तथा डिजिटल वित्तीय ठगीप्रति सजगता” विषयक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
https://nagarikpana.com/wp-admin/media-upload.php?post_id=30696&type=image&TB_iframe=1
यस कार्यक्रमको मुख्य उद्देश्य युवा तथा वयस्कहरूलाई वित्तीय ज्ञान प्रदान गर्नुका साथै डिजिटल बैंकिङ्ग तथा वित्तीय ठगीका जोखिमबारे सचेत गराउनु रहेको थियो। हाल डिजिटल बैंकिङ्ग प्रणालीको व्यापक प्रयोगसँगै ठगीका घटनाहरू बढ्दो क्रममा रहेकाले यस्ता घटनाबाट जोगिन आवश्यक जानकारी प्रदान गरियो। कार्यक्रममा महेंद्रनगर नमुना माविका कक्षा १२ का ७० जना विद्यार्थीहरू सहभागी भएका थिए।
https://nagarikpana.com/wp-admin/media-upload.php?post_id=30696&type=image&TB_iframe=1
कार्यक्रमको सञ्चालन गरिमा विकास बैंक कर्जा इकाइका कर्मचारी राम बहादुर शाहीले गरेका थिए।
कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा शाखा प्रबन्धक कमल प्रसाद जैशीले वित्तीय साक्षरता, व्यक्तिगत बचत, लगानी, कर्जाको सही उपयोग तथा डिजिटल वित्तीय ठगीबाट बच्ने उपायबारे जानकारी गराएका थिए।
कार्यक्रमका मुख्य विषयहरू
1. वित्तीय साक्षरता: पैसा कसरी बचत गर्ने, लगानी गर्ने, ऋण कसरी व्यवस्थापन गर्ने आदि विषयमा जानकारी।
2. डिजिटल बैंकिङ्ग र ठगीबारे सचेतना: अनलाइन ठगीका नयाँ तरिका, सुरक्षित वित्तीय कारोबार, पासवर्ड सुरक्षाजस्ता विषयमा चर्चा।
3. व्यक्तिगत वित्तीय योजना: विद्यार्थीहरूलाई आफ्नो वित्तीय योजना बनाउन उत्प्रेरित गर्दै भविष्यको आर्थिक योजना कसरी निर्माण गर्ने भन्ने बारेमा मार्गदर्शन।
https://nagarikpana.com/wp-admin/media-upload.php?post_id=30696&type=image&TB_iframe=1
कार्यक्रमको समापन शाखा प्रबन्धक कमल प्रसाद जैशीले गरेका थिए। उनले वर्तमान डिजिटल युगमा सचेत भएर वित्तीय कारोबार गर्नुपर्ने आवश्यकता रहेको भन्दै युवा पुस्ताले आफ्नो वित्तीय जिम्मेवारीबारे गहिरो बुझाइ राख्नुपर्नेमा जोड दिए।
विद्यार्थीहरूले कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाउँदै प्रश्नोत्तर सत्रमा उत्साहजनक सहभागिता जनाएका थिए।
कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई वित्तीय ज्ञान हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ। गरिमा विकास बैंक, महेन्द्रनगर शाखाले आगामी दिनहरूमा पनि यस्ता वित्तीय सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।