लोडसेडिङ अन्त्यमा कुलमान घिसिङको भूमिका छैन: उर्जा मन्त्री खड्का


काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य गर्ने व्यक्ति नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गर्नुभएको छ।

बुधवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले लोडसेडिङ हटाउन भारत र निजी क्षेत्रको मुख्य भूमिका रहेको बताउनुभयो। उहाँका अनुसार, घिसिङले उद्योगको लाइन काटेर घरायसी क्षेत्रमा विद्युत प्रवाह गरेर मात्र लोडसेडिङ अन्त्य भएको जस्तो हल्ला फैलाएको आरोप लगाउनुभयो।

मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणले सरकारी लगानीमा हाल ७०० मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको र अहिले पनि ८२५ मेगावाट भारतबाट आयात गरिरहेको उल्लेख गर्नुभयो। साथै, प्राधिकरणलाई नाफामा गएको भनिए पनि महालेखा परीक्षकको प्रतिवेदनअनुसार २ खर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको उहाँको दाबी छ।

उहाँले विद्युत प्राधिकरणको वास्तविक आर्थिक स्थिति नाफामा नरहेको र लोडसेडिङ अन्त्यको श्रेय घिसिङलाई मात्र दिनु गलत हुने तर्क गर्नुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको