
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा मत जाहेर गर्दै स्ववियु निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) लाई विजयी बनाउने विद्यार्थीहरूलाई सांसद राजन दाहालले धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै दाहालले परिवर्तनका संवाहक विद्यार्थीहरूको समर्थनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने संगठनका रूपमा अखिल क्रान्तिकारीलाई मजबुत बनाएको उल्लेख गर्नुभएको छ।
साथै, स्ववियुमा विजयी भएका पदाधिकारीहरू र सदस्यहरूलाई बधाई दिँदै उहाँले सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ।