नेपाली सेनाको स्पष्टोक्ति: “संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध”


काठमाडौं । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनासँग सम्बन्धित विभिन्न टीकाटिप्पणी हुन थालेपछि सेनाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

बुधबार एक सार्वजनिक अनुरोधपत्र जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न संविधानले तोकेको जिम्मेवारीप्रति आफू सधैँ कटिबद्ध रहेको स्पष्ट पारेको छ।

सेनाले आफ्ना गतिविधि नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल तथा सैनिक कार्यक्रममार्फत सार्वजनिक गर्ने प्रचलन रहेको बताउँदै यथार्थपरक सूचना सम्प्रेषणका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ।

हालै सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै सेनाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको