छिमेक लघुवित्त नलगाड शाखाद्वारा पाँचौं ग्राहक गुनासो सुनुवाइ (इकाई भेला) तथा Global Money Week 2025 कार्यक्रम सम्पन्न


जाजरकोट, २०८१ चैत ६ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय नलगाडद्वारा पाँचौं ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई भेला) तथा Global Money Week 2025 (GMW 2025) भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमलाई विशेष बनाउन केन्द्रीय कार्यालयबाट विभागीय प्रमुख वेदनाथ अधिकारी, प्रादेशिक कार्यालयबाट प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत ज्ञानेश्वर प्रसाद सोनार, राजु के.सी., पुष्पराज अधिकारी तथा शाखाका सम्पूर्ण कर्मचारीहरूको टोली कार्यक्रम स्थलमा उपस्थित हुनुभएको थियो।

ग्राहक गुनासो सुनुवाइ र व्यवसाय सम्बन्धी प्रशिक्षण

कार्यक्रममा ग्राहक तथा सदस्यहरूको गुनासो तथा सुझावहरू सुनेर तिनको समाधान गर्ने प्रयास गरिएको थियो। साथै, सदस्यहरूलाई व्यवसाय प्रवर्द्धन, कर्जाको सही सदुपयोग, बचतको महत्त्व तथा समूहमा बसेर गरिने व्यवसायका फाइदा- बेफाइदाबारे वृत्तचित्र प्रदर्शन गरी जानकारी प्रदान गरियो।

पुरस्कार तथा प्रमाणपत्र वितरण

कार्यक्रमको महत्वपूर्ण अंशका रूपमा सफल व्यवसायी सदस्यहरू, छात्रवृत्तिमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरू तथा उत्कृष्ट १० इकाईका सदस्यहरूलाई बधाई एवं शुभकामना दिँदै पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो।

संस्थाका तर्फबाट विशेष धन्यवाद

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, ग्राहक सदस्यहरू, शुभचिन्तकहरू तथा यस वित्तीय संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।

प्रदेश प्रबन्धक कृष्ण वनले कार्यक्रममा बोल्दै ग्राहकहरूको अनुशासन, लगनशीलता र इमान्दारिताको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी तथा उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम सभ्य रूपमा सम्पन्न भएकोमा सहभागी सबै महानुभावहरूलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको