
समाज परिवर्तनका लागि सोच बदलौं, समाधान सिर्जना गरौं।
महेन्द्रनगर- आगामि चैत्र २९ देखि वैशाख ३ गतेसम्म SARC Education Foundation को आयोजनामा “SARC Summer Camp: DESIGN THINKING” कार्यक्रम सञ्चालन हुने भएको छ। विशेष गरी विद्यालय र कलेजस्तरका विद्यार्थीहरूका लागि लक्षित यो कार्यक्रम युवा नेतृत्व, नवप्रवर्तन (Innovation), र सामाजिक उद्यमशीलता (Social Entrepreneurship) को अभ्यासमा आधारित हुनेछ।
कार्यक्रममा Youthive Nepal का सह-संस्थापक अजय यादव विशेष वक्ताका रूपमा उपस्थित हुनेछन्। नेपालका युवाहरूलाई विश्वस्तरमा प्रतिनिधित्व गर्दै आएका यादवले World Bank, UNESCO, र UNLEASH जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी भई अनुभव सँगालेका छन्।
कार्यक्रम विवरण:
- मिति: २०८० चैत्र २९ – २०८१ वैशाख ३
- समय: बिहान ८:०० बजे देखि दिउँसो १:०० बजे सम्म
- स्थान: SARC Education Foundation, महेन्द्रनगर, कंचनपुर
- लक्षित वर्ग: कक्षा १० पछि अध्ययनरत विद्यार्थीदेखि कलेजस्तरसम्म
कार्यक्रममा समेटिने मुख्य विषयहरू:
- Design Thinking: समस्यालाई सृजनात्मक सोचबाट समाधान गर्ने तरिका
- Social Entrepreneurship: समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्यम
- Youth Empowerment: नेतृत्व क्षमता र नवप्रवर्तनशील सोच विकास
- Team Building, Pitching, Prototyping, Feedback Loops
किन सहभागी हुने?
- अन्तरक्रियात्मक कार्यशालाहरू
- व्यावसायिक र सामाजिक सोचको विकास
- आफ्नो विचारलाई परियोजनामा रूपान्तरण गर्ने अवसर
- देशभरिका युवा प्रतिभाहरूसँग नेटवर्क गर्ने प्लेटफर्म
- प्रमाणपत्र र उत्कृष्ट सहभागीलाई विशेष अवसरहरू
वक्ताको बारेमा:
अजय यादव — नेपालको युवा नेतृत्वमा उदाउँदो नाम, जसले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली युवाहरूको आवाज बुलन्द गरिरहेका छन्। उहाँले युवाहरूलाई सामाजिक प्रभाव सिर्जना गर्न प्रेरणा दिने उद्देश्यले Design Thinking लाई व्यवहारमा उतार्दै आइरहेका छन्।
यो अवसर कुनै पनि विद्यालय वा कलेज मा अध्ययनरत विद्यार्थीहरूको लागि खुला छ। यो सत्रमा सहभागी भएर सिक्ने, सिर्जना गर्ने, र सामाजिक परिवर्तनको यात्रामा अघि बढ्ने अभूतपूर्व अनुभव लिन सकिनेछ।
तपाईं पनि तयार हुनुहोस्! तपाईंको साथीहरूलाई ट्याग गर्नुहोस् र यो अनुभवको हिस्सा बनौँ।