दार्चुलाको मटेला गाउँमा विसु पर्व धुमधामका साथ मनाइयो


दार्चुला, वैशाख १ –
दार्चुला जिल्लाको मार्मा गाउँपालिका–२ मटेला गाउँमा प्रत्येक वर्षको सुरुवातमा मनाइने विसु पर्व यस वर्ष पनि आज वैशाख १ गते धार्मिक उल्लास र सांस्कृतिक धूमधामका साथ सम्पन्न गरिएको छ।

विसु पर्वको अवसरमा स्थानीयवासीहरू बिहानैदेखि फूलगुच्छा लिएर मस्टा मन्दिरमा भेला भएका थिए। पारम्परिक दमाहा,झ्याली,भोकर, विगुल,रामढोल लगायतका बाजागाजासहित भक्तजनहरूले मन्दिरको वरिपरि देवताको नाममा भक्तिगान गर्दै परिक्रमा गरेका थिए। “सैरेसै”, “स्यापुरी भई” जस्ता पारम्परिक भजनहरू गाउँदै श्रद्धालुहरूले धार्मिक वातावरणमा रमाइलो गरेका थिए।

पर्वको एक विशेषता भनेको सिस्नुपानीले एकअर्कालाई छोएर रमाइलो गर्ने चलन हो, जसले सद्भाव, शुद्धता र आपसी सम्बन्ध बलियो बनाउने संकेत गरेको मानिन्छ। यस दिनलाई नयाँ वर्षको शुभारम्भसँगै देवताको कृपा प्राप्त गर्ने पवित्र अवसरको रूपमा लिने गरिन्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको