लोकतान्त्रिक विद्यार्थी संघको काठमाडौं उपत्यका कमिटी विस्तार र संगठन सुदृढीकरणमा विशेष छलफल सम्पन्न


काठमाडौं, २०७९ माघ २८ — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघले काठमाडौं उपत्यका कमिटी विस्तार र उपत्यका भित्रको कलेज इकाइहरूमा सक्रियता वृद्धिका लागि विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संघका केन्द्रीय महासचिव सुमन यादव, सह–महासचिवहरू विशाल मिश्र र सिद्धार्थ यादव, केन्द्रीय सदस्यहरू किसोर यादव, विशाल साह, विशाल चौधरी लगायत विभिन्न कलेज इकाइका विद्यार्थी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

छलफलमा काठमाडौं उपत्यकाभित्रका क्याम्पसहरूमा संगठन विस्तार, सदस्य वृद्धि, र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विशेष पहल गर्नुपर्ने विषयमा व्यापक छलफल गरियो। महासचिव यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिँदै गाउँ, टोल, र प्रत्येक क्षेत्रमा शिक्षाको ज्योति फैलाउने प्रतिबद्धता जनाए ।

 

 

कार्यक्रममा सहभागी नेताहरूले संगठनलाई अझ सशक्त बनाउनका लागि कलेज इकाइहरूमा नेतृत्व विकास, सदस्यता अभियान, र विद्यार्थी–मैत्री कार्यक्रमहरू सञ्चालन गर्ने प्रस्तावहरू प्रस्तुत गरे। संगठनात्मक तयारीहरू तीव्र बनाउने निर्णय पनि गरिएको छ।लोकतान्त्रिक विद्यार्थी संघले यसअघि पनि विभिन्न क्याम्पसहरूमा इकाइ कमिटी गठन गर्दै संगठन विस्तारमा सक्रियता देखाउँदै आएको छ।

 

छलफल कार्यक्रमले काठमाडौं उपत्यकाभित्र लोकतान्त्रिक विद्यार्थी संघको संगठनात्मक संरचना सुदृढ गर्दै विद्यार्थीहरूको हकहितमा प्रभावकारी भूमिका निर्वाह गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढा

 

एको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको