महोत्तरी, मधेस प्रदेश — लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय महन्थ ठाकुरज्यूको प्रमुख आतिथ्यमा आज महोत्तरी जिल्लाको औरही नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममार्फत आठ कक्षामा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई साईकल वितरण गरिएको छ।
कार्यक्रममा औरही नगरपालिका अन्तर्गत रहेका ८ वटा विद्यालयका आठ कक्षामा अध्ययनरत प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहनस्वरूप साईकल प्रदान गरिएको हो। यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच र विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष महन्थ ठाकुरले शिक्षालाई समाज परिवर्तनको आधार भन्दै यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्यका लागि स्थानीय तह र सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
स्थानिय विद्यालयका शिक्षक, अभिभावक तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूमा उत्साह देखिएको थियो।
यो कार्यक्रमले विद्यार्थीहरूलाई अझ मेहनती र लक्ष्यप्रति प्रतिबद्ध बन्न उत्प्रेरित गर्ने विश्वास व्यक्त ग
रिएको छ।