दैलेखको जलजलेमा ११२ अर्ब ब्यारेल कच्चा तेल फेला, नेपाल ५० वर्षसम्म ऊर्जामा आत्मनिर्भर बन्ने सम्भावना


दैलेख — चीनको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख जिल्लाको जलजले क्षेत्रमा नेपालकै इतिहासकै सबैभन्दा ठूलो खानी स्रोत पत्ता लागेको छ। रिपोर्ट अनुसार त्यहाँ करिब १ अर्ब १२ करोड (112 अर्ब) ब्यारेल कच्चा तेल (crude oil) रहेको प्रारम्भिक अनुमान गरिएको छ।

यस खानीबाट प्राप्त हुने आम्दानी करिब १०० खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। स्रोतको उपयोगले नेपाललाई आगामी ५० वर्षसम्म ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने चिनियाँ विशेषज्ञहरूको भनाइ छ।

कति पेट्रोल र ग्यास निस्कन्छ?

१ ब्यारेल कच्चा तेल बराबर १५९ लिटर हुन्छ। यसको औसत परिशोधन (refining) अनुपात हेर्दा, १ ब्यारेल कच्चा तेलबाट निम्नलिखित उत्पादनहरू निस्कनेछन्:

  • पेट्रोल (Gasoline): करिब ४५% —
    112 अर्ब ब्यारेलको ४५% = ५०.४ अर्ब ब्यारेल पेट्रोल
    = ८०१३.६ अर्ब लिटर पेट्रोल
  • एलपी ग्यास (LPG): करिब ५% —
    112 अर्ब ब्यारेलको ५% = ५.६ अर्ब ब्यारेल एलपी ग्यास
    = ८९०.४ अर्ब लिटर एलपी ग्यास

राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान

ऊर्जा तथा खानीविद्‌हरूका अनुसार, यदि यो स्रोतको सुरक्षित उत्खनन र परिशोधन प्रक्रिया सुरु गरियो भने यसले:

  • नेपाललाई पेट्रोलियम आयातमा हुने वार्षिक खर्च (करिब ३ खर्बभन्दा बढी) बचाउन,
  • रोजगार सिर्जना गर्न,
  • विदेशी मुद्रा सञ्चितिमा वृद्धि गर्न,
  • ऊर्जा सुरक्षामा स्थायित्व ल्याउन,
  • र आर्थिक विकासलाई तीव्रता दिन सक्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको