मधेश : माओवादी संसदीय दलको नेतामा पुनः साह चयन

नागरिक पाना
२०७९ पुष २९, शुक्रबार १८:२४
Bharat-Prasad-Shah-scaled

नेपालवाणी जनकपुरधाम

जनकपुरधाम, पुस : मधेस प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह चयन भएका छन् ।

शुक्रबार भएको दलका नेताको निर्वाचनमा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका साहले ६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

त्यस्तै, संसदीय दलको दाबी प्रस्तुत गरेका युवराज प्रसाद भट्टराईले तीन मत पाएका थिए । मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ९ सांसद छन् ।