काठमाडौं, २९ जेठ २०८२ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघले काठमाडौं उपत्यका कमिटी संयोजकको रूपमा विशाल साहलाई मनोनयन गरेको छ। साह हाल एन.सि.आइ.टि कलेजका कार्यवाहक इकाई अध्यक्ष हुन् र पार्टीले उनलाई “इकाई राजनीति गरेको अनुभवी नेता” भनेर परिचित गराएको छ।
संगठनका केन्द्रीय महासचिव सुमन कुमार यादवले बताएअनुसार साहलाई सक्रिय, संगठनप्रति निष्ठावान र विद्यार्थीका मुद्दामा साहसी काम गर्ने विश्वासका आधारमा मनोनयन गरिएको हो। “उनी उपत्यकामा सक्रिय छन् र विद्यार्थीका मुद्दामा निरन्तर संघर्ष गर्दै आएका छन्,” यादवले भने।
यस्तै, संगठनका अध्यक्ष रोशन मिश्रको निर्देशनानुसार विद्यार्थी संघलाई अझ सक्रिय र सुदृढ बनाउने निर्णय गरेको छ । महासचिव यादवले भने: “संगठनमा रहेका सम्पूर्ण विद्यार्थी नेता साथीहरू जागरुक, संघर्षशील र परिवर्तनकारी छन्; यसले विद्यार्थीहरूको आवाजलाई बल पुर्याउनेछ।”
महासचिव यादवले महन्थ ठाकुरसँग भेटवार्ता गरी विद्यार्थीका विविध मुद्दा र आगामी रणनीति समन्वय गरेका छन्। उपत्यका कमिटी विस्तार कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव मनिष मिश्र, लोकतान्त्रिक विद्यार्थी संघका महासचिव सुमन कुमार यादव, सह-महासचिव सिद्धार्थ यादव र लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष सुजन यादवसहित उपत्यका भित्र रहेका क्याम्पसका नेताहरू सहभागी थिए।
उक्त कार्यक्रममा महासचिव सुमन यादवले भावि दिनहरूमा नयाँ जोश र उर्जाका साथ विद्यार्थीका हकहित र आवाजलाई अगाडि बढाउने प्रतिबद्धता गरे। उनले व्यक्तिगत तथा केन्द्रीय कार्यसमिति तर्फबाट विशाल साहलाई काठमाडौं उपत्यका संयोजकको पदमा मनोनयन भएकोमा हार्दिक शुभकामना र बधाइ व्यक्त
गरे।

