शारीरिक र मानसिक सक्रियता रहुन्जेल व्यक्ति काम र जिम्मेवारीबाट निवृत्त हुदैन -भगवती बन्जरा तिमिल्सिना


पूर्ब सचिव डा. दामोदर रेग्मी ज्यु नेपाली गीत,साहित्य, कबितामा सक्रिय हुनुहुन्छ ।लामो समय सरकारी सेवामा रहेर निवृत्त जीवन नेपाली साहित्य ,गीत, कविता लेखनमा समर्पण गरिरहनु भएको छ। यो उहाँको हामी नेपालीको, भाषा, साहित्य रचना प्रतिको अगाध प्रेम र आस्था हो ।उहाँलाई म सम्मान टक्राउँछु। उहाँका गीतका शब्दहरु रचनात्मक, भावनात्मक, आत्मीयता झल्काउने पाइन्छन् ।उहाँ गीत मात्र रचनाकार नभएर कबिता, साहित्य जस्ता अन्य क्षेत्रमा पनि कलम चलाउने लोकप्रिय देखिनुहुन्छ।साथै उहाँ विभिन्न सरकारी निजी संघ संस्थासंग पनि जोडिएर तालिम, गोष्ठि,सेमिनारहरुमा सक्रिय लोकप्रिय प्रशिक्षकको भुमिका दिइरहनुभएको पाइन्छ । उहाँका थुप्रै गीतहरु रेकर्डिङ भएका छन् ।उहाँका बिचार ,बौद्धिक बहस, पूर्वीय अर्थ चिन्तन जस्ता धेरै लेखहरु पढ्न पाइन्छ

सफलता भन्ने कुरा कल्पना गरेर मात्र प्राप्त हुंदैन।त्यसको लागि कठोर परिश्रम ,धैर्य ,समपण आबस्यक पर्छ।जीवनमा सफलता प्राप्त गर्न मेहनत लगनशीलता नै मूल मन्त्र बनाउनु पर्छ।निरन्तर मेहनतलेनै उहाँ सफल हुनुभएको हो भन्ने बिश्वास छ।

सेवा निवृत्त जीवनलाई भाषा, साहित्य र सङ्गीत का क्षेत्रमा समर्पित गरेर देशलाई, समाजलाई, नेपाली भाषा र साहित्यलाई अझै योगदान पुर्याइरहने डा.दामोदर रेग्मी बाट आमजनले प्रेरणा लिन सक्नेछन् कि शारीरिक र मानसिक सक्रियता रहुन्जेल व्यक्ति काम र जिम्मेवारीबाट निवृत्त हुदैन। हार्दिक शुभकामना डा दामोदर रेग्मी ज्यूलाई ।
साथमा यो एक कविता पनि
हिउँदमा सुक्छ नदि बर्षा भेल आउँछ।
जीवन पनि यस्तै सुख दुःखले सजाउँछ।

जीवन रैछ हावाको बेग जस्तै पहाडको
कहिले हिडाइरहन्छ त कहिले बसाउँछ।

मनको भाव बाहिर पनि देखाउन सक्नु
सुक्ने खोला कहिलेकाही फेरि रसाउँछ।

फलको आसा बिना आफ्नो कर्म गर्दै गए
एकदिन अबस्य भाग्य शिखरमा पुर्‍याउँछ ।

बिर्सनु हुन्न कहिल्यै दु:खमा हुने साथलाई
दु:ख पर्दा पनि उसले हामीलाई हँसाउँछ।

सानो ठुलो भान्ने होइन सबैलाई बराबरी
सबैको साथले हामीलाई सफल गराउँछ।

सुखदुःख दुई आँखाका नानी जस्तै ठानी
गर्दै जाउँ सत्य कर्म एकदिन फल फलाउँछ।
हरेस खानुहुउन्न ह्जुर एकदिन पालो आउँछ
यस्तै रहेछ दुईदिन पनि सुखदुःखले सजाउँछ।।

(गीतकारको कलामबाट साभार)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको