सिमावर्ती क्षेत्र जनकनन्दनी गाउँपालिकामा महिलाको शव फेला


नेपालवाणी / जनकपुरधाम ।

सिमावर्ती भारतीय सिमासंग जोडिएको धनुषामा जनकनन्दनी गाउँपालिकामा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

धनुुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका १ मा भारतीय सिमा नजिकै स्थानीय मनोज यादवको खेतमा एक भारतीय नागरिकको शव फेला परेको हो ।

बेबारिसे अबस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता क्षेत्रीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको