१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ


काठमाडौँ: १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ परेका छन् ।

बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेधबहादुर नेपालीलाई पक्राउ गरेको हो ।

बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको