बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त


हेटौंडा:  बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् ।

७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ–१ को क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको