‘जनयुद्ध दिवस’का अवसरमा भाेलि सार्वजनिक बिदा


काठमाडौं : सरकारले ‘जनयुद्ध दिवस’का अवसरमा भाेलि (साेमबार) सार्वजनिक बिदा दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज (आइतबार) दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस पर्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

१० वर्षसम्म चलेका जनयुद्धका नाममा सशस्त्र द्वन्द्व २०५२ फागुन १ गतेबाट सुरू भएर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतासँगै टुंगिएको थियो। साेही आधारमा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेकाे छ।

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाे जनाइएकाे।

यसअघि राप्रपाको अनुरोधमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा दिइएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको