कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

नागरिक पाना
२०७९ फाल्गुन ३०, मंगलवार १८:२०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका कांग्रेस स्रोतले बतायो ।



कांग्रेसको बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने बताईएको छ ।



चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् ।