समिट एयरका दुई पाइलट निलम्बित, यस्तो छ कारण « News of Nepal

नागरिक पाना
२०७९ चैत्र १, बुधबार ११:३५

काठमाडौं ।

नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो।

प्राधिकरण अनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ। भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ। त्यसैले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।