दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

नागरिक पाना
२०७९ चैत्र १८, शनिबार १२:३१
earthqck-nepalvani-bhukampa

दोलखा : दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका-५ सुरीनजिक केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।