मधेशको र कर्णालीका सभामुख बिच भेटवार्ता


नेपालवाणी / जनकपुरधाम ।

मधेश प्रदेशका प्रदेश सभामुख रामचन्द्र मण्डल र कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्ग बिच भेटवार्ता भएको छ ।

जनकपुरधाम भ्रमणमा आएका कर्णाली प्रदेशको सभामुख गुरुङ्ग मधेशका सभामुखसंग बुधबार भेटवार्ता गरेका हुन् । सभामुख द्वय बीच भेटवार्ताको क्रममा अनुभव आदान प्रदान गरिएको थियो ।

उनीहरु बीच प्रदेशसभालाई कसरी गतिशिल बनाउने, ऐन कानून निर्माणमा प्रदेशसभाको भूमिका लगायतको विषयमा समेत छलफल भएको मधेश प्रदेशको प्रदेससभा सचिवालयले जनाएको छ । अन्तरप्रदेशीय प्रदेशसभा भ्रमणमा रहेका कर्णालीका सभामुख गुरुङ्गले मधेशको प्रदेशसभाको अवलोकन समेत गरेका थिए ।

सभामुख गुरुङ्गसंगै कर्णालीका उपसभामुख यशोदा न्यौपाने, कर्णाली प्रदेशसभाका सचिव जीवराम वुढाथोकी समेत भ्रमण टोलीमा सहभागी थिए । दुई सभामुख बीच संघीयतालाई जीवन्त राख्न तथा टिकाई राख्न खेल्नुपर्ने भुमिकाहरुको विषयमा चर्चा भएको थियो ।

संघीयताको जननी मधेश प्रदेश भएकोले सबैभन्दा बढी मधेश प्रदेशले भुमिका निर्वाह गर्नुपर्नेमा सभामुखको राय थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको