चन्द्रनगरमा नाढीमन गङ्गा आरतीको लागि आरती घाट निर्माण हुने


सर्लाही  । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नाढीमन गङ्गा आरतीको लागि आरती घाट निर्माण हुने भएको छ । सोमबार आरती घाटको शिलान्यास गाउँपालिका अध्यक्ष राजकुमार महतोले गर्नुभएको छ ।

नाढीमन तालमा भारतको बनारस, धनुषाको जनकपुरधाम जस्तै दैनिक सन्ध्या आरती संचालन गर्न आरती घाटको निर्माण गर्न लागिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

आरती घाट निर्माण पश्चता प्रत्येक दिन सन्ध्या आरती हुने भएपछि चन्द्रनगरमा आरतीको माध्यमबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिने चनद्रनगर गाउँपालिका अध्यक्ष महतोको विश्वास रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको