गृहमन्त्री रविलाई जोगाउन ओलीले देखाए असंसदीय हर्कत


काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाइृ जोगाउन जे पनि गर्न तयार भएका छन्।

यसअघि रविविरुद्ध संसदीय छानबिन बनाउनै नमिल्ने अडान लिइरहेका ओलीले बिहीबार प्रतिनिधिसभा बैठकमा घिनलाग्दो हर्कत देखाएका छन्।

कांग्रेसले प्रष्ट नै भनेको थियो, रविविरुद्ध संसदीय छानबिन नभएसम्म उनलाई संसदमा बोल्न दिइँदैन। तर, बिहीबार सभामुख देवराज घिमिरेले पदीय मर्यादा भुलेर रविलाई बोल्न समय थिए। कांग्रेसले विरोध गरिहेकै बेला ओली उठेर लामिछानेका लागि बाटो बनाउने प्रयासमा लागे।

एमाले सांसदहरू उठेर बेलमै आएपछि कांग्रेस उपसभापति धनराज गुरुङ चर्को नारा लगाइरहेका थिए । यसपछि ओलीले उनीसँग प्रतिवाद गर्न खोजे । त्यसपछि ओली र कांग्रेस सांसदहरूबीच भनाभनको स्थिति आएको हो।  ओली अगाडि नबढेको भए ठेलाठेलको स्थिति बन्ने वातावरण भने बनेको थिएन। सभामुखले बैठक स्थगित गरेको लामो समयसम्म पनि सांसदहरू आक्रोशित देखिन्थे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको