पेट्रोल, डिजेल, र मट्टीतेलको भाउ बढ्यो: नयाँ मूल्यहरु कति भए?


सरकारले पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्य वृद्धि गरेको छ। नेपाल आयल निगमले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ लिटरमा तीन रुपैयाँले बढाएको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार यो निर्णय गरिएको हो। निगमका अनुसार आईओसीले पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ ४८ पैसा र डिजेलको दुई रुपैयाँ ८३ पैसा बढाएर नयाँ मूल्य पठाएको छ।

नयाँ मूल्यहरू:

पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी):

  • पेट्रोल: १६८ रुपैयाँ ५० पैसा प्रति लिटर
  • डिजेल/मट्टीतेल: १५७ रुपैयाँ ५० पैसा प्रति लिटर

दोस्रो वर्ग (सुर्खेत, दाङ):

  • पेट्रोल: १७० रुपैयाँ प्रति लिटर
  • डिजेल/मट्टीतेल: १५९ रुपैयाँ प्रति लिटर

तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल):

  • पेट्रोल: १७१ रुपैयाँ प्रति लिटर
  • डिजेल/मट्टीतेल: १६० रुपैयाँ प्रति लिटर

आयल निगमले आफैं कच्चा तेल अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्दैन। आवश्यक सबै प्रकारका प्रशोधित पेट्रोलियम पदार्थ आईओसीबाट खरिद गर्छ। आईओसीले हरेक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित मूल्य सूची पठाउँछ, जसमा प्रशोधन शुल्क लगायत खर्चहरू जोडिएको हुन्छ। त्यसपछि आयल निगमले भन्सार शुल्क, प्रशासनिक खर्च, ढुवानी लागत, र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य निर्धारण गर्छ।

यस प्रक्रियामा पेट्रोलियमको मूल्य निर्धारणको सबभन्दा ठूलो आधार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दाम हो।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको