
काठमाण्डौ भाद्र १४ ः लाइन्स अन्तराष्ट्रिय डिस्ट्रिक अन्तर्गत आइ नेपालका क्लस्टर १२ रिजन २४ जोन ५१ अन्तर्गत क्लबहरुको सयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ । शुक्रबार ठमेल स्थित वैशाली होटलमा लाइन्स क्लब अफ काठमाण्डौ परिकल्पनाका निबर्तमान अध्यक्ष तथा जोन ५१ जोन चियर पर्सन लायन लैला श्रेष्ठको अध्यक्षतामा लाइन्स क्लव अफ काठमाण्डौ परिकल्पना र लाइन्स क्लब अफ काठमाण्डौ लक्ष्यको सयुक्त पदस्थापन समारोह सु–सम्पन्न भएको छ ।
डिट्रिष्ट ३२५ आइ नेपालका डिस्ट्रिट गवर्नर लायन विनोद ढुङ्गानाको प्रमुख अतिथ्यमा सो समारोह सु–सम्पन्न भएको हो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ परिकल्पना लायन्स क्लब काठमाडौँ लक्ष्यका लायन वर्ष २०२३–२४ का अध्यक्ष लायन लैला श्रेष्ठ आफ्नो कार्यकालमा गरेको गतिविधि बारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही क्लवका लायन वर्ष २०२४–२५ का अध्यक्षहरु क्रमश मुना राना, सविना श्रेष्ठ महर्जनले आफ्ना भावी कार्यक्रमहरु बारे प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष लैला श्रेष्ठले हाल गभर्नर लायन विनोद ढुङ्गानाको स्लोगन “Humanity first” (मानवता पहिलो) प्राथमिकतालाई मध्ये नजर गरी समाज सेवाका कार्यहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
गभर्नर विनोद ढुंगानाले विगतमा यस क्लबहरुले कार्यहरु राम्रोसंग गर्नु भएको कुरा अबगत गराउनु भयो साथै नयाँ पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना पनि ब्यक्त गर्नु भएको थियो ।