४६ जना आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाको सम्मान


काठमाडौं –खिजीदेम्बा गाउँपालिका बाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विभिन्न ४६ जना आरोहीहरुलाई पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेको सम्मान गर्नु भएको छ । सम्मान कार्यक्रमको सभापतित्व गाउँ पालिका अध्यक्ष गम्बु शेर्पा तथा प्रर्यटनमन्त्री बद्री पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।


प्रर्यट्नमन्त्री पाण्डले ‘स्वालम्बी कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथ सहासिक पदयात्रामार्फत पर्यटन प्रबद्र्धनमा मिलाऔँ हातमा हात’ नाराको उच्चारण गर्दै काठमाडौको ज्योति पाटी प्यालेसमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान गरेको हो ।


कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोजी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुं‌गा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीग्खकंका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरेको हो ।


कृषि, जलस्रोत र पर्यटनबाट खिजीदेम्बावासीको आर्थिक अवस्था उठने निष्कर्षका साथ गाउँपालिकाले बजेट निर्माण गरी कार्यान्वयन गरी रहेको र सरकारले पहिचान गरेको १०० गन्तव्य मध्ये खिजीदेम्बाका दुई वटा पर्यटकीय स्थलहरु समेत सूचिकृत रहेको छ । गाउँपालिकाको पर्यटनको दिगो विकास र उन्नतीका लागि सबै तहको सरकारको समेत ध्यानाकर्षण गराउन सधीय राजधानीमा कार्यक्रम आयोजना गरेको आयोजकले जनाउनु भएको छ ।
गाउँ पालिका उपाध्यक्ष सुशिला तामाङले कार्यक्रमा स्वागत तथा बधाई मन्तव्य व्यक्त गरेकी थिइन् । धेरै अगाडि देखि नेपालमा हिमाल आरोहणमा खिजिदेम्बा गाउँपालिकाबाट धेरै शेर्पाहरु जाने गरेको तर अहिलेसम्म कसैलाई पनि सम्मान नदिएकोले पालिकाले यो सम्मान दिएको उनले बताइन् । उनले भनिन् , ‘यो झरीमा गाउँ जानुभन्दा यही बाट आरोहीहरुलाई समान गर्न सके सबै को सहभागिता हुने भएकोले यो कार्यक्रम काठमाडौंमा गरिएको हो ।’
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार,खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का नेपाल पर्ववतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो ।


प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले भने ,‘ पर्यटन र जलस्रोतबाट देशको विकास हुन्छ । खिजिदेम्बमा पनि यो सम्भव छ । जातीय संस्कृति र भाषिक रूपले पनि धनी भए पनि हाल हाइड्रोले पर्यटन पनि विकास गर्न सक्छाँै । बजेट नै मुख्य कुरा हुने भएकोले पर्यटनको क्षेत्रमा यसप्रति ध्यान जाओस भन्नेछ । ’
संघीय सांसद रामहरि खतिवडाले भने,‘म बोल्ने हैन जनताले गर्ने ठाउँमा पठाउनु भएको छ । आज खिजिदेम्बाका सबै जनाले एक बनाउन सफल बनाउनु भएको मा धन्यावाद । हामी कुनै जात ,सम्प्रदाय हेर्दैनौ, हामीे सबैलाई बराबरी गर्छाै । खिजिदेम्बाका शेर्पा आरोहीहरुले गर्नुभएको योगदानप्रति आभारी छौँ । ’
नेपाल पर्ववतारोहण संघका अध्यक्ष नुरु शेर्पाले भने, सफल आरोहीहरुका कारण सफल ब्यावसाही हुन पाएका छौँ । ’उनले पर्वतीय पर्यटनको महत्तव बुझेर यो पालिकाले स्थान दिएकोमा धन्यवाद दिए। डाक्टर हर्क गुरुङले हिमालको हजारौँको संख्या गणना गरेका भएता आँैलामा गनिने हिमाल मात्र चढ्ने प्रचलनमा रहेको छ । पर्वतीय पर्यटन राष्ट्रको प्राथमिकतामा नपरेको मा दुखेसो पोखे । शेर्पा आरोहीका कारण आज पर्वतीय पर्यटन स्थापित भएको उनले बताए। २७ वटा हिमाल सरकारले नेपाल पर्वतारोहण संघको लागि दिएको छ । नेपाल पर्वतारोहण संघको कारणले नेपालको आरोहण सफल भएको उनले दाबी गरे । यस पालिकामा आरोहण गरेर रेकर्ड राख्ने आरोहीलाई शुभकामना र धन्यवाद दिए ।

?
आरोहीहरुको संरक्षण कोषको स्थापनामा चुकेको छ । नेताहरुले हिमालको बारेमा बुझेका छन् तर हाल भएको संशय भनेको कर्मचारी को रहेको बताए । मन्त्रालयमा पर्यटन बुझेको कर्मचारी पाइँदैन । जबसम्म हिमाल र पर्वतारोहणका कर्मचारी नियुक्त हुँदैनन् तबसम्म नेपालको पर्यटन सफल नहुने उनले बताए ।
सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले भनिन्,‘ मैले हिमाल आरोहण गरेको लगभग २३ वर्षपछि आफ्नो गाँउपालिकाले चिनेको छ । २३ वर्ष पछि सम्मान पाउँदा खुसी लागेको छ ।महिलालाई पनि आरोहणमा सहभागी बनाउन र उत्साह दिनु पर्नेमा उनले जोड दिइन् ।’


खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले भने, ‘ हामीले गरेको कार्यक्रममा राजनीति नगर्नु होला । अबको दिनमा खिजीमा बनाउने क्रममा रोकिएको एयपोर्ट खुलाउन पहल सबै मिलेर गर्नुपर्छ । ’ भोजपुरको मान्यजनले खटाएको खर्च ओखलढुङ्गाको मान्यजनले खर्चको लागि पहल नगरिदिँदा अहिलेसम्म पनि सञ्चालनमा ल्याउन नसकेकोमा उनले दुखेसो पोखे ।
यसैगरी कार्यक्रममा सुरुदेखि अन्त्यसम्म प्रमुख अतिथिहरु बसिदिएर कार्यक्रम समापन गरेकोमा सम्पूर्णलाई पालिका अध्यक्षले धन्यवाद दिए । सो कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न जातीय संस्था, खिजीदेम्बामा परियोजना सञ्चालन गर्ने संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्वन्धित सस्थाका अध्यक्ष,अन्य पर्वतारोहीलगायतको उपस्थिती रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको