
१८ भदौ, लक्ष्मण रोकाया, काठमाण्डौ । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन । हिजो साझ भएको निवार्चनमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेद्धार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।
कांग्रेससँग असन्तुष्ट खेमाले पाण्डेलाईसाथ दिएको थियो । पुर्व मन्त्री तथा नेपाली काग्रेस केन्द्रिय सदस्य वल वहादुर केसी लगायतले पाण्डे समुहलाई साथ दिएको थियो ।
पाण्डेले ५८० मतमा विजय प्राप्त गर्दा सापकोटाले ४८० मत प्राप्त गरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी चोलेन्द्र वहादुर कार्कीले ४८६ मत पाएका छन् । द्धितीय उपाध्यक्षमा सनम शेर्पा ५४४ मतसहित विजयी भएका छन । उनका प्रतिस्पर्धी निशेष थापाले ४९३ मत पाएका छन ।
महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छ्न । शेर्पा संग अर्का उम्मेद्धार राजेन्द्र प्रसाद सुवेदी ५६ मतले पराजित भएका छन् । शेर्पा ५५० मतमा विजयी भए भने सुवेदी ४९४ मत प्राप्त गरे ।
सचिवमा रिन्जी जाङ्वु शेर्पा, कोषाध्यक्षमा राजेन्द्रराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा शेर्पा विजयी भएका छन् ।
महिला सदस्यमा पवित्रा तामाङ तथा खुल्ला सदस्यमा अम्विर वहादुर गरुङ, विनोद कुमार तामाङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भएका छन् ।