कुशल भुर्तेलले एकै ओभरमा लिए सुदूरपश्चिमको दुई विकेट

नागरिक पाना
२०८१ मंसिर ३०, आईतवार ०७:५९

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा १ विकेटको क्षतिमा ५० रन जोडेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरलेपहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए।
३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको हो। उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए।

यसैबीच सुदूरपश्चिमको तेस्रो विकेट पनि पतन भएको छ। विनोद भण्डारी १४ रन र ब्रान्डन म्यामुलेनल २३ रन बनाएर पेभेलियन फर्किएका छन्। कप्तान कुशल भुर्तेलले उनीहरूको विकेट लिएका हुन्।

आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको थियो।